Get Adobe Flash player

नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा हो ः बरिष्ठ अधिकारवादी नेता पद्मरत्न तुलाधर

 

 

 

बरिष्ठ मानवअधिकारवादी नेता तथा नागरिक अगुवा पद्मरत्न तुलाधरले नेवाः ताम्सालिङ समन्वय समिति बन्नु ऐतिहासिक कुरा भएको बताउनु भयो । उहाँले यो आन्दोलनलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेवाः ताम्सालिङ समन्वय समितिले तुलाधरको उमेर ७७ बर्ष ७ महिना ७ दिन पुगेको अवसरमा आयोजित जंकु (भिमरथारोहण) कार्यक्रममा भेटको लागि पुगेको नेता, कार्यकर्ता सामू उहाँले सो कुरा बताउनु भएको हो । नेवाः ताम्सालिङ समितिको टोली गत ५ गते उहाँकै निवासमा बधाई तथा शुभकामना दिन पुगेको थियो ।
सो अवसरमा उहाँले नेवाः ताम्सालिङ समन्वय समितिलाई निरन्तर अघि बढ्न आग्रह गर्नुभयो । आदिवासी जनजाति समाज पहिचान र अधिकारको राजनीतिक आन्दोलनमा पछि परेकोमा उहाँले चिन्ता प्रकट गर्दै यो आन्दोलनमा आफ्नो सदैव साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो– आन्दोलन कमजोर भएको अवस्थामा नेवार र तामाङ समुदाय मिलेर अघि बढ्नुको बिकल्प छैन ।
हामी बीचमा एकता नहुनु नै ठूलो समस्या भएको तुलाधरको धारणा थियो । यसले भाषिक, साँस्कृतिक र जातीय समुदायको अधिकार स्थापित गर्नमा बाधा पु¥याएको बताउनु हुँदै उहाँले नेवार र तामाङ समुदायको बलियो एकताबाट नै पहिचान र अधिकार स्थापित हुनसक्ने बताउनुभयो ।
सो अवसरमा नेवाः ताम्सालिङ समन्वय समितिको तर्फबाट नेवाः देय दबूको केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्रकार, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, नेता तथा जनजाति अगुवा परशुराम तामाङ, ताम्सालिङ संघर्ष समितिका संयोजक जयप्रसाद गोले, नेवाः मुक्ति मोर्चाका उमेश स्थापित, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष कुमार योञ्जन, ज्यापु महागुठीका अध्यक्ष राजभाई जकमी र संघीय समाजवादीका नेता सत्यनारायण डंगोल सहभागी हुनुहुुन्थ्यो ।