Get Adobe Flash player

नेपाल संवत् संक्षिप्त चर्चा

 

नेपाल संवत् संक्षिप्त चर्चा

नेवाः देय् दबू इलामको प्रथम जिल्ला भेलामा प्रस्तुत कार्यपत्र

  कमल श्रेष्ठ

 सचिव – नेवाः देय् दबू

जिल्ला कार्य समिति इलाम

 विषय प्रवेश :

मानव विकासको क्रममा मानिसहरु सभ्य र सचेत हुँदै आएपछि आफुहरु प्रकृतिबाट प्रभावित रहेको बोध भयो । प्रकृतिलाई बुझ्नको निमित्त समय हिसाबको आवश्यकतालाई बुझदै आए । यही हिसाबलाई तालिकाबद्ध गर्ने क्रममा घटीपलादिनमहिना वर्षको गणना हुँदै आए । यिनीहरुको एक चक्रलाई तालिकामा राखेर गणना गरिनेलाई संवत भन्ने गरियो ।

विश्व सभ्यताको विकास सँगसँगै विभिन्न स्थानमा आआफ्नो तरिकाबाट संवत प्रयोग गर्ने कार्य हुँदै आए । राजा महाराजाहरुले आआफ्ना नाममा तथा आफ्नो राज्यकालको गणना अनुसार पनि संवत शुरु गरियो । कतै महत्वपुर्ण घटनाको आधारमा दिन गन्ति अनुसार पनि संवत प्रतिष्ठापन गरियो त कतै महापुरुषहरुको जन्मको नाममा संवत प्रचलनमा ल्याउने कार्य गरियो । जस्तै बुद्ध संवत भन्नाले बुद्ध जन्म भएको समय देखिको गणना हो भने ईस्वी सम्वत् भन्नाले जिजस क्राइष्ट निधनपछिको समयलाई लिइन्छ ।

 

गणना पद्धति :

सम्वत गणना गर्ने आधार दुई किसिमका छन्चन्द्रमाले पृथ्वीको परिक्रमा गरिरहेको र पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको आधार मानिन्छ । चन्द्रमाको गतिको आधारमा गणना गरिनेलाई चन्द्रमास(Lunar Calendar) र सूर्यको आधारमा गणना हुनेलाई सूर्यमास(Georgain Calendaer) भनिन्छ ।नेपाल संवत चन्द्रमाको गतिको आधारमा दिन गणना गरिने प्रविधि हो । चन्द्रमास गणना  अनुसार सम्वत प्रचलन नेपालभारतचीन र मुस्लिम मुलुकहरुमा अद्यावधि चलिरहेको छ ।गणित ज्योतिष अनुसार दिन गणनाको पृथ्वी आफ्नै मेरुदण्डमा घुम्ने गति हो । हप्ताको गणना चन्द्रमाको परिवर्तित रुपलाई लिएर राखिने हो । महिनाको गणना चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने समय हो भने वर्षको गणना पृथ्वीले सूर्यलार्य परिक्रमा गर्ने गणना हो । दिनको गणना गर्दा २४ घण्टाको एक दिन गणना गर्न गरिन्छ । तर पृथ्वी र चन्द्रमाले ठिक २४ घण्टाभित्र आफ्नो परिक्रमा पुरा गर्दैन । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न २९.५३०५९ दिन अर्थात २९ दिन १२ घण्टा ४४ मिनेट लिन्छ पृथ्वीले सूर्य परिक्रमा गर्दा ३६५.२४२१९९१ दिन अर्थात ३६५ दिन ५ घण्टा ४८ मिनेट ४६ दिन लिन्छ । यसरी २४ घण्टाको एक दिनको गणना गर्दा सौर्यमासमा दिन गणना गर्नेहरुले ४ वर्षमा एकपटक फेब्रुअरी महिनामा एकदिन बढी राखी २९ दिन गर्ने गर्दछ ।

त्यसरी नै चन्द्रमास अनुसार २४ घण्टाको एक दिन गणना गर्दा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २९.५३ दिन लिने गर्दछ । एक चन्द्रवर्षमा ३५४ दिनको हुन्छ । यसरी ११ दिनको कमी हुन जान्छ । यो दिनको कमिलाई समायोजन गर्नको निमित्त ३ वर्षमा एकपटक अधिक मास राखी १३ महिनाको एक वर्ष हुन्छ । नेपाल सम्वत् अनुसार महिनाहरु निम्न छन् ।

१) कछला २) थिंल्ला ३) पोहेला ४) सिल्ला ५) चिल्ला ६) चउला ७) वछला ८) तछला ९) दिल्ला १०) गुँला ११) ञँला १२) कौला उपरोक्त १२ महिनाको अतिरिक्त प्रत्येक ३ वर्षमा आउने अधिक मासलाई अनलाभनिन्छ ।

कार्तिक शुक्ल प्रतिपदादेखि नँया वर्ष शुरु हुने नेपाल सम्वतका महिनाहरुलाई शुक्ल पक्षलाई जनाउन महिनाको अन्त्यमा थ्वजोडिन्छ । जस्तै कछलाथ्वथिल्लाथ्व पोहेलाथ्वआदि । त्यस्तै कृष्ण पक्षलाई जनाउन महिनाको अन्त्यमा गाःजोडिन्छ । जस्तै कछलागाःवछलागाःअनलागाः इत्यादि । तिथिलाई अंकमा लेने चलन पनि छ जस्तै ११३२ कछलाथ्व प्रतिपदालाई ११३२ कछलाथ्व १ पनि लेखिन्छ ।

 

नेपाल संवत प्रचलन् :

नेपाल संवतको प्रवर्तक उत्तर लिच्छविकालमा भएको हो । यो सम्वतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा हुन् । मुलुकमा मानदेव सम्वत चलिरहेको समयमा ११३२ वर्षअघि राजा राघवदेवको पालामा कछलाथ्व पारु (कार्तिक शुक्ल प्रतिपदा) देखि प्रारम्भ भएको हो । नेपाल सम्वतको स्थापना निम्न समयकालमा भएको पाईन्छ । कलिगत सम्वत ३९८०बिक्रमसम्वत ९३६इस्वी सम्वत ८८०शक सम्वत ८०२मानदेव सम्वत ३०३ आदि नेपालमा सम्वत फेर्न मुलुकका तमाम ऋणीहरुको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यता अनुरुप शंखधरले  मुलुकका तमाम ऋणीहरुको ऋण तिरी नेपाल संवत चलाएका हुन् । प्रारम्भमा नेपाल सम्वतको प्रचलन छिमेकी राष्ट्रमा पनि थियो । राजा प्रतापसिंह शाहको पालामा ल्हासासित भएको सन्धिपत्रमा ने.स.५३५ उल्लेख गरिएको छ । त्यस्तै भारतको आसाम कुच विहारका राजा प्राणनारायणले पनि नेपाल सम्वत अंकित मुद्रा निकालेका थिए ।

 

नेपाल सम्वतबैद्धिक संस्कार र सामाजिक संस्कार :

नेपालीहरुले आफ्ना कुनैपनि जन्म मृत्यु कर्मधार्मिक कार्यजात्रा पर्व मनाउने कार्य सवै नेपाल सम्वतको तिथि अनुसार गर्ने गरेका छन् । कर्मकाण्डजन्म मरणका पुण्यतिथि सबै चन्द्रमासका तिथि अनुसार गर्दा जहिले पनि एकैदिन पर्ने यस तिथिको विशेषता हो । सौर्यमासको मिति अनुसार मनाँदा त्यसरी निश्चित दिन नै पर्दैन । जस्तो  भर्खर बिदा भएको दशै जहिले पनि कौलाथ्व अष्टमी देखि महानवमी र दशमी भनेर नेपाल सम्वतको कौला महिनामा मनाँउदै आईरहेको छ । बिक्रम सम्वत (सौर्य मास) को गणना गर्नेहरुले यो पर्व  कहिले असोज त कहिले कार्तिक महिनामा मनाउन बाध्य भई अन्योलमा परिरहन्छन् ।

बैदिक धार्मिक वर्ष इस्वी सम्वत जस्तो शुद्ध सौरवर्ष पनि हैन नेपाल सम्वत जस्तो शुद्ध चन्द्रवर्ष पनि होईन यो त सौरवर्ष सापेक्ष चान्द्रवर्ष हो । बैदिक धार्मिक वर्ष सूर्य मकररेखामा पुगेपछि बर्षारम्भ हुन्छ । सूर्यको कर्कटरेखा उत्तरायन) बाट मकररेखासम्म जाने बाललाई दक्षिणायन भनिन्छ । यतिखेर रात बढ्दै जान्छ र दिन घट्दै जान्छ । सुर्य डिसेम्बर २२ तारिखमा मकररेखामा हुन्छ । यस वर्ष पुष ७ गते उक्त दिन पर्दछ । तर पञ्चाङ्गमा माघ १ गते मकर संक्रान्ति जनाउने गरेको छ । यसवर्ष २४ दिनको फरक परेको छ । पञ्चाङ्गमा पुष ७ गते (२२ डिसेम्बर मा) सूर्य मकररेखामा पुग्ने बैज्ञानिक कुरालाई नमानी माघ १ गते (जनवरी १५) मात्र सूर्य मकररेखामा पुग्ने कुरा मानि माघ १ गते मात्र उत्तरायण लाग्ने कुरा मानिने गरेको देखिएको छ । त्यसले प्रचलित पन्चाङ्ग पत्र प्राकृतिक वस्तुस्थिति सित नमिल्ने र अबैज्ञानिक हुन पुगेको छ ।

एकपटक एउटा सौर ऋतुको प्रारम्भ भएको समयदेखि अर्को पटक सोही ऋतुको प्रारम्भ हुने समयसम्मको काललाई एक आर्तव वर्ष भनिन्छ । आर्तव वर्ष ३६५ दिन ५ घण्टा ४८ मिनेट जतिको हुन्छ । तर प्रचलित पञ्चाङ्गहरुमा ३६५ दिन ६ घण्टा १२ मिनेट जतिको हुन्छ र त्यसै अनुसार सौर ऋतुहरुको आरम्भ र अन्त्यको गणना गरिएको छ । वास्तविक सौर ऋतु र पंचाङ्ग निर्णायक समितिले मान्ने सौर ऋतुमा झडै २४ मिनेटको दरले वढदै जान्छ । प्रत्येक ७० वर्षमा यसलाई समायोजन गर्न १ दिन घट्छ । यस हिसावले हाल २४ दिनको फरक परिसेकेको छ । अव विक्रम सम्बत ११ महिनाको वनाउन पर्ने हुन्छ यसवारे चर्चा २०६१ सालदेखि चल्दै आएपनि हालसम्म कार्यान्वयन भएको छैन । निष्कर्षमा के प्रमाणित हुन्छ भने हामीले गर्दै आएको धार्मिक कार्य गा्रह्य छैनन् र विक्रम सम्बत धार्मिक र वैज्ञानिक दृष्टिकोणबाट गलत छ ।

 

नेपाल सम्वतमा प्रहार :

नेपालको आफनै मौलिक सम्बत हुँदा हुँदै पनि आजसम्म पनि विक्रम सम्वतलाई आधिकारिक रुपमा प्रयोग गर्दै आइरहेको छ । लिच्छवीकालठकुरीकाल र मल्लकालमा राष्ट्र सम्मान प्राप्त भएको नेपाल सम्बतलाई पृथ्वीनारायण शाहले नेपाल मण्डल छलवलले हातपारेपछि हटाएर नेस ८८८ मा भारतीय शक सम्बत प्रचलनमा ल्याए । तर नेपाल सम्बतको प्रचलन यहाँ पहिले देखिनै साँस्कृतिक धामिक रुपमा चलिरहेको कारणले यसको प्रचलन रोक्न सकेन ।

जंग वहादुले मुलुकी ऐन वनाउदा नेपाल सम्बत मान्यतामा वन्देज लगाइदिए । निश्चित अवधि सम्मको बाकू पौ (एक किसिमको तमसुक) लाई मात्र मान्यता दिए । चन्द्र शम्शेरले नेपाल सम्वत प्रयोग गर्दा प्रत्येक ३ बर्षमा एकपटक १३ महिनाको तलव दिदाँ सरकार घाटामा पर्यो भन्ने वहाना बनाई विक्रम १९६० देखि उत्तर भारतको गुजरातको उज्जैन नगरका राजा विक्रमादित्यका नाममा प्रचलनमा ल्याइएको विक्रम सम्वतलाई प्रचलनमा ल्याए । नेपाल सम्बत प्रयोग नगर्नु भन्ने हुकुम समेत जारी गरे । त्यो हुकुम आजसम्म राजकीय स्तरमा लागू छ ।    

 

नेपाल सम्वतको आन्दोलन

आन्दोलन भनेको खोसिएको अधिकार फिर्ता लिन वा नयाँ जायज माग पुरा गराउन गरिन्छ । नेपाल सम्वत सम्बन्धी उपरोक्त विवेचनाबाट के तथ्य प्रमाणित हुन्छ भने नेपालीद्धारा नेपालीहरुकै लागी नेपाली भूमीमा गरेको लोक कल्याणकारी काम गरी नेपालका सपूत शंखधर साख्वाले आफ्नो नाममा स्थापना नगरी नेपालको नाममा स्थापित गरेको सम्वत नेपाल सम्वत हो । यो संसारको एकमात्र आफ्नो मौलिक विशेषता बोकेको सम्वत हो । यस सम्वतलाई विभिन्न ढंगले राजा रजौटाहरुले  विभिन्न समयमा अपहरण गर्ने काम गरेजनताको आफ्नो सम्वत माने अधिकार समेत खोसे । यो सम्वत चलाउन व्यवधान खडा गर्नेप्रतिवन्ध लगाउने र चलाएमा दण्डित गर्ने समेत गरियो । धेरै समयसम्म यसमा रोक लगाएपछि जनताले यो सम्वत र यसको महत्व समेत विर्सन पुगेको अवस्था रहन पुग्यो तर साहित्यिक रचना तथा लेखहरु मार्फत नेपाल भाषाका विभिन्न कवि तथा लेखकहरुले यसको प्रयोग गरेर जगर्ना गरेको पाईन्छ । राणाकालमा विभिन्न जोखिमहरु उठाउँदै यसलाई जगेर्ना गर्ने काम भयो  । ने.स.१०७१ म राणा शासनको अन्त्यपछि संगठित रुपमा च्वसापासाका सस्थापक अध्यक्ष भाषा निभाः प्रेम बहादुर कसाःजुले नेपाल संवतको नव वर्ष चाडको सार्वजनिक रुपमा नै परम्पराको शुरुवात गरे । निरन्तर दशवर्ष चलेको नव वर्ष प्रभात फेरीकार्यक्रम ने.स.१०८२ मा राजा महेन्द्रको प्रतिगामी कदमले नेपाल सम्वत प्रचार आन्दोलनको यो अभियानमा धक्का पुग्यो र यो पुनः रक्षात्मक स्थितिमा पुग्यो 

राज्य शक्तिले विविध जातिको सस्कृतिलाई गरिरहेको प्रहार अत्यधिक भएपछि नेवाहरुपनि संगठित हुनुपर्ने आवश्यकतालाई मनन गर्दै ने.स.१०९९ मा नेपाल भाषा मंकाः खलः को गठन गरी नेपाल सम्वतको राष्ट्रिय महत्वलाई उजागर गर्दै भाषा रहे जाति रहन्छ जाति रहे राष्ट्र रहन्छ नेपाल सम्वत राष्ट्रिय सम्वत सरकारले मान्यता दिनै पर्छ भन्ने सन्देश र नारा सहित मोटरसाईकल ¥याली गोष्ठिसभासमारोह आदिद्धारा काठमाण्डौ उपत्यकाभित्र र बाहिर समेत जनतालाई जागरुक तथा संगठित गराउने काम भयो । मकाः खलः को अभियानलाई पंचायत काल भरी दमन गर्ने अनेकौ प्रयत्न गरेपनि सकेन अझ यो आन्दोलन देशभरि फैलियो । नेपाल सम्वत केवल एक जाति विशेषको नभई देशमा रहेको यो सम्वत सम्पूर्ण स्वाभिमानि नेपालीहरुको साझा सम्वतको रुपमा स्थापित हुदैँछ । २०४६ सालको राजनीतिक परिवर्तन पश्चात देशका प्रधानमन्त्रिले समेत नेपाल सम्वतमा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिने प्रचलनको शुरुवात भयो । इलाममा ने.स. १११७ देखि नेपाल भाषा तथा सँस्कृति समाजले भिन्तुना कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

 

वर्तमान स्थिति :

संगठित र एकतावद्ध आन्दोलनको कारण नेपाल संवत ११२० कछलाथ्व १० (वि.स.२०५६ मंसिर २ गते) मन्त्रि परिषदको बैठकले नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वालाई चौधौं राष्ट्रिय विभुति घोषणा गर्यो । नयाँ वर्ष ११२४ को शुभारम्भमा शंखधर साख्वा अंकित हुलाक टिकट प्रकाशित र कछलाथ्व  ५ (वि.स.२०६० कार्तिक १३ गते ) नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा मान्यता दिए । चन्द्र शमशेरले नेपाल सम्वत लाई प्रतिबन्ध लगाएर बन्द गरेको ठीक सय वर्षमपछि मान्यता पाउनुमा आफैमा एैतिहासिक भएको छ 

सम्वतको तिथिको प्रचलन संचार माध्यमहरुले शुरु गरिसकेका छन् नीजि स्तरबाट शंखधर साख्वा प्रतिष्ठान स्थापना गरि नेपालको सम्वतको अध्यापन शुरु भएको छ । यस प्रतिष्ठानले नेपाल सम्वत र शंखधर साख्वा वेभसाईट www.shankhadharsakhwa.orgयचन राखेको छ ।हाल नेपालको सम्वतको आन्दोलन स्वदेशमा मात्र होईन अमेरिका जापान बेलायतजर्मन ,फ्रान्स लगायतका देशहरुमा पनि त्यहाँ रहेको नेपालीहरु मार्फत विभिन्न कार्यक्रम गरी मनाउने प्रचनल शुरु भएको छ 

 

उपसंहार

विश्वमा नेपाल राष्ट्रको अलग पहिचान दिने यहाँ अनेक मौलिक कला सस्ँकृतिहरु छन् । त्यसको जगेर्ना गर्न सक्नु राष्ट्रको दायित्व हो ।सम्वत जस्तो अति सम्बेदनशील कुरामा पनि सरकार गम्भीर हुन नसकी राष्ट्रिय सम्बतको रुपमा मान्यता दिए पनि आजसम्म विदेशी संवतलाई राष्ट्रले प्रयोग गर्दै आइरहेको छ । नेपालको आफ्नै मौलिक संवत जन जीवनमा निरन्तर रुपमा प्रचलनमा रहिआएको छअझ देशको नाममा रहेको संवत हुँदा पनि विदेशी संवत प्रचलनमा ल्याइराख्नु हाम्रो कमजोर मानसिकताको उपज होदाश मनोवृत्ति हो । नेपालको मौलिक सम्बत भएकोले यसलाई आधिकारिक रुपमा नै प्रयोगमा ल्याउनु पर्दछ । आजैदेखि नेपाल सम्बतवाट तिथि मिति लेख्ने प्रचलनको शुरुवात गरौ ।

शुभाय्

      ने.स. ११३२ कछलाथ्व १

 

                                         

सन्दर्भ सुची

१. देवीकी नन्दन शास्त्री – वृहत ज्योर्तिषसार

२. नेपाल सम्बत एक परिचय – नेपाल भाषा मंका: खल: न्हुदँ समारोह समिति ११२७

३. नेपाल सम्बत आन्दोलन – छगू दुवाला व कन्हय्या पला– नेवा: देय दबू

४. नेवार एक परिचय – नेवाः देय् दबू

५. नेपाल सम्बत एक परिचय नेकपा (एमाले) ललितपुर जिल्ला संगठन कमिटी २०६०

६. कान्तिपुर २०६० पुष ३

७. Atlas  Ekta Books

८. युद्ध प्रसाद वैद्य – नेपाल सम्बत र म्ह पुजा (पर्चा) २०६४,२०६५,२०६६)

९. कमल श्रेष्ठ– सन्दकपुर दैनिक २०६८ कार्तिक ७ 

 

१०. नेपाल सम्बत र म्ह पूजा (पर्चा) नेवा: देय् दबू जिल्ला कार्य समिति इलाम २०६८

Upcoming Programs

क) नेवाः देय् दबू जिल्ला समिति माेरड०,  जिल्ला भेला ः बैशाख १५, विराटनगर
ख) जातीय परिषद भेला ः बैशाख १८ गते
ग) केन्द्रीय समिति बैठक ः २०७५ बैशाख २८, दैलेख