वि.सं. २०७७/१२/१३ गते स्वयम्भू, इभेन्ट प्वाईन्ट रेष्टुरेन्टमा गठन भएको नेवाः देय् दबू नागार्जुन नगर समितिले मिति २०८१ अश्विन १९ गते थापा पार्टी प्यालेस फस्कुमा सम्पन्न दोस्रो अधिवेशन पश्चात नेवाः संस्कृति संरक्षण र प्रवर्धनमा सकृयता बढाएको छ। यस अघि नेवाः देय् दबू नागार्जुन नगर समिति पदाधिकारीहरूले मिति २०८२/०२/१४ गते नागार्जुन नगरपालिकाको कार्यबाहक मेयर सुशीला अधिकारीज्यूसंग शिष्टाचार भेटघाट गरेको थियो।
मिति २०८२/०२/२४ गते (नेपाल सम्वत् ११४५ तछलाथ्व एकादशी ) को ०८०० बजेदेखि १०३० बजेसम्म क्वालिटी दरबार रेष्टुरेन्टमा नेवा: देय् दबू नागार्जुन नगर समितिको द्रोसो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु र नागार्जुन नगरपालिकाबाट बागमती प्रदेश सभामा रहनु भएका प्रदेश सभा सदस्य बिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम (म्हसीका कालबिल वा सहलह ज्याझ्व:) सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अतिथिको रुपमा माननीय प्रदेश सभा सदस्यहरू उद्धब थापा, केशव प्रसाद पोखरेल, बाल कुमारी विश्वकर्मा, नेवा: देय् दबू येँ जिल्ला समिति अध्यक्ष धन बहादुर तिमला महर्जन उपस्थिति रहेको। साथै उक्त कार्यक्रममा नेवा: देय् दबू नागार्जुन नगर समितिका सल्लाहकार एवं पदाधिकारीहरु सहित करिब ७५ जनाको उपस्थिति रहेको। समितिका अध्यक्ष अजित पुतुवारले आगामी आ.ब. ०८२/८३ को प्रस्तावित कार्यक्रम योजना सम्बन्धमा जानकारी गराउनु हुंदै सहकार्यको लागि आग्रह गर्नु भएको । उक्त कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष विश्व बलामी स्वागत मनतब्य दिनुका साथै अध्यक्ष अजित पुतुवारले धन्यवाद ज्ञापन तथा समापन मनतब्य राख्नु भएको थियो।
साथै नेवा: देय् दबू यें जिल्ला समिति अध्यक्ष धन बहादुर तिमला महर्जनले वर्तमान समयमा प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को कार्यान्वयन फितलो भएको हुँदा प्रदेश सभा सदस्य ज्यूहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
उक्त कार्यक्रममा माननीय उद्धव थापाले आवश्यक बजेट विनियोजनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको। माननीय केशव प्रसाद पोखरेलले नेवा: तथा तामाङ संग्रहालय सञ्चालन गर्ने योजना कार्यान्वयनमा सहकार्य गरिने
र नागार्जुन नगरपालिकाको होडिङ्ग बोर्डमा नेपाल भाषा पनि उल्लेख गर्न कार्य वाहक नगर प्रमुखसँग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको। साथै आगामी आ.ब.०८२/८३ मा दबूबाट संचालन हुने कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको।माननीय बाल कुमारी विश्वकर्माले नेवा: देय् दबूको आगामी कार्यक्रमहरुमा आफ्नो सहकार्य रहने प्रतिवद्धता जनाउनु भएको