नेवाः देय् दबूको विधान

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट
मिति २०७८/११/२ मा स्वीकृत
नेवाः देय् दबूको विधान–१११५ (संशोधन सहित)

        नेवारहरू यो देशको समृद्ध सँस्कृति भएको आदिवासी जनजाति समुदाय हो । आफ्नो विशिष्ट भाषा, साहित्य, कला र सँस्कृतिका कारण विश्वविख्यात हुन पुगेका नेवार समुदाय लामो समयदेखि निरन्तर आफ्नै भूमिमा उत्पीडित भएर बाँच्नु परेको छ । नेपाल संवत् ८८८ (वि.सं. १८२५)मा देशमा केन्द्रीकृत सामन्ती राज्य स्थापना भएदेखि जातीय, भाषिक तथा साँस्कृतिक उत्पीडन भोग्नु परेका नेवार समुदायले त्यसको विरूद्ध विभिन्न समयमा आवाज बुलन्द गरेका छन् । त्यही क्रममा नेपाल संवत् १११४ कछलागा सप्तमी र अष्टमी ( वि.सं.२०५१ मंसीर ९ र १० ) नेपालभाषा मंकाःखलःको आयोजनामा साहित्यिक, भाषिक तथा साँस्कृतिक आन्दोलनका अगुवाको रूपमा परिचित विभिन्न जातीय सङ्घसंस्थाहरू तथा व्यक्तित्वहरूद्वारा नेवारहरूलाई जातीय रुपमा संगठित गर्नुपर्ने अवश्यकता महशुस गरेको कुरालाई हृदयगमन गर्दै, 

        नेपाल संवत् १११५ ञलाथ्व सप्तमी र अष्टमी (वि.सं.२०५२ भाद्र १६ र १७) मा सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, काठमाडौँमा भएको नेवारहरूको प्रथम राष्ट्रिय अधिवेशनद्वारा स्थापित यस नेवाः देय् दबू स्वयंद्वारा विभिन्न समयमा पारित नीति तथा घोषणापत्रहरूको कार्यान्वयन गर्न तथा नेपाल संवत् ११२६ (वि.सं.२०६३)मा समावेशी लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएको शान्तिपूर्ण जनआन्दोलनको उपलब्धीको रक्षा गर्दै आदिवासी जनजाति तथा मधेशी आन्दोलनद्वारा स्थापित सङ्घीय गणतन्त्रको मर्म र भावनालाई आत्मसात् गरी अगाडी बढ्ने संकल्प गर्दै, नेवारहरूलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सवल बनाउन तथा सचेत पार्न, राज्यमा आफ्नो पहिचान, पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्न आवश्यक भएको कुरातर्फ मध्यनजर गर्दै,

           र संयुक्त राष्ट्र सङ्घद्वारा घोषित मानवअधिकार बडापत्र, नागरिक एवं राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय अनुवन्ध, आर्थिक, सामाजिक एवं साँस्कृतिक अधिकारसम्बन्धी अनुवन्धलगायत आदिवासी जनजाति, महिलाको अधिकारसम्बन्धी सम्पूर्ण अन्तरराष्ट्रिय दस्तावेजहरूप्रति प्रतिवद्धता व्यक्त गर्दै, नेपाल संवत् ११२७ कछलाथ्व चतुर्दशी (वि.सं.२०६३ कार्तिक १८)का दिन पोखरामा सम्पन्न विशेष महाधिवेशनद्वारा पहिलो संशोधन र नेपाल संवत् ११३६ चौलागा नवमी (वि.सं.२०७३ बैशाख १९)का दिन नारायणगढ चितवनमा सम्पन्न विधान संशोधन विशेष अधिवेशनद्वारा दोस्रो संशोधन र नेपाल संवत् ११४२ थिंलागा द्वादशी (वि.सं.२०७८ पौष १६)का दिन नेपालगञ्ज बाँकेमा सम्पन्न विधान अधिवेशन–११४२ द्वारा परिमार्जन सहित तेस्रो संशोधन गरी नेवाः देय् दबूको बिधानलाई पारित गरी लागू गरेका छौँ ।

१ संक्षिप्त नाम र प्रारम्भ :-
  • क) यस संस्थाको नाम “नेवाः देय् दबू” र अङ्ग्रेजीमा यसको नाम Newa Dey Daboo रहने छ । छोटकरीमा NDD भनिनेछ
  • ख) यस विधानको नाम “नेवाः देय् दबूको विधान १११५ (संशोधन सहित)” हुनेछ । यो सम्बन्धित निकायबाट स्वीकृत भएको मितिबाट लागू हुनेछ ।
  • ग) नेवाः देय् दबू नेपालका सम्पूर्ण नेवारहरूको साझा राष्ट्रिय संगठन हुनेछ ।
२ परिभाषा :-

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ः
क) “विधान” भन्नाले नेवाः देय् दबूको विधानलाई सम्झनु पर्दछ ।
ख) “देय् दबू” भन्नाले नेवाः देय् दबूलाई सम्झनु पर्दछ । यस पछि संस्था मात्र भनिने छ ।
ग) “नियमावली” भन्नाले विधानबमोजिम तर्जुमा भएको नियमावलीलाई सम्झनु पर्दछ ।
घ) “समिति” भन्नाले संस्थाको केन्द्रीय समितिलाई सम्झनु पर्दछ । यो शब्दले विधानबमोजिम गठन भएका संस्थाको सांगठनिक संरचनाअन्तर्गतको सम्पूर्ण समितिहरूलाई समेत जनाउँदछ ।
ङ) “महाधिवेशन” भन्नाले यस संस्थाको राष्ट्रिय अधिवेशनलाई सम्झनु पर्दछ । अधिवेशन” भन्नाले संस्थाको सांगठनिक संरचनाअन्तर्गतको प्रदेश, जिल्ला, पालिका (महानगर, उपमहानगर, नगर, गाउँ) वडा अधिवेशनलाई सम्झनु पर्दछ ।
च) “बैठक” भन्नाले नेवाः देय् दबूको केन्द्रीय समितिको बैठक सम्झनु पर्दछ । यो शब्दले बिधानबमोजिम गठन भएका संस्थाको सांगठनिक संरचनाअन्तर्गतको समितिको बैठक समेतलाई जनाउँदछ ।
छ) “सदस्य” भन्नाले संस्थाका सबै प्रकारका सदस्यहरूलाई सम्झनु पर्दछ ।
ज) “पार्षद” भन्नाले संस्थाको सांगठनिक संरचनाअन्तर्गतको परिषदका सदस्यलाई सम्झनु पर्दछ।
झ) “स्थानिय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई सम्झनु पर्दछ ।
ञ) “सचिवालय” भन्नाले विधानबमोजिम गठन भएको संस्थाको सांगठनिक संरचनाअन्तर्गतको कार्यसम्पादन समितिलाई सम्झनु पर्दछ ।
ट) “राष्ट्रिय परिषद” भन्नाले संस्थाको राष्ट्रिय परिषद सम्झनु पर्दछ ।
ठ) “जातीय परिषद” भन्नाले नेवार समुदायभित्रका विभिन्न जातीय संस्थाको प्रतिनिधिहरूको परिषदलाई सम्झनु पर्दछ ।
ड) “विभाग” भन्नाले कार्य समितिद्वारा गठन भएको विभाग सम्झनु पर्दछ ।
ढ) “परिषद” भन्नाले विधानबमोजिम गठन भएका संस्थाको सांगठनिक संरचनाअन्तर्गतको परिषदलाई सम्झनुपर्दछ ।
ण) “स्वनिगः विशेष समिति” भन्नाले काठमाडौँ उपत्यकाका तीन जिल्ला र विभिन्न जिल्ला÷क्षेत्रबाट उपत्यकामा क्रियाशील सम्पर्क समितिहरू समेतको प्रतिनिधित्व रहने गरी बनाइएको संस्थाको सांगठनिक समितिलाई सम्झनुपर्दछ ।
ण) “आवद्ध संस्था” भन्नाले संस्थामा आवद्ध संस्था सम्झनुपर्दछ ।
त) “विषयगत समिति” भन्नाले नेवाः देय् दबूको उद्धेश्य प्राप्तिका लागी गठन गरिएका संगठनलाई सम्झनुपर्दछ ।
थ) “उपसमिति” भन्नाले कार्य समितिले आपसमा निहित अधिकार सबै वा केही प्रयोग गर्न सक्ने गरी विधानबमोजिम कुनै निश्चित कार्य अवधि तोकी वा नतोकी गठन गरिएको उपसमितिलाई सम्झनु पर्दछ।
द) “प्रारम्भिक समिति” भन्नाले संगठन निर्माणको क्रममा देय् दबूले नेवाः भाषा, साहित्य, कला, सँस्कृति र जातीय आधिकार प्राप्तिका लगि संगठित भौगोलिक तहमा निर्माण गरेको समितिलाई बुझाउनेछ । यस्तो समिति भौगोलिक तहको आवश्यकता अनुसार हुनेछ ।
ध) “तोकेबमोजिम” वा “तोकिएबमोजिम” भन्नाले यस विधानले दिएको अधिकार प्रयोग गरी बनाएका नियमावली, निर्देशिकाद्वारा वा कार्य समितिले तोकेबमोजिम वा तोकिएबमोजिम सम्झनु पर्दछ ।
प) “स्थानीय तह” भन्नाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा समिति र जिल्ला समन्वय समिति समेतलाई सम्झनु पर्दछ ।

३ संगठित संस्था :-

क) संस्था अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
ख) संस्थाले व्यक्तिसरह आफ्नो नाममा चलअचल सम्पत्ति प्राप्त गर्ने, उपभोग गर्ने र बेचबिखन गर्न सक्नेछ।
ग) संस्थाले व्यक्तिसरह आफ्नो नाममा नालिस उजुर गर्न सक्ने र संस्थालाई पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।
घ) संस्थाको अनुसुची २ मा उल्लेख गरिएबमोजिम आफ्नै एउटा छुट्टै चिन्ह(लोगो), झण्डा र छाप हुनेछ ।

४ संस्थाको कार्यालय :-

संस्थाको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ । आवश्यकतानुसार नेपालबाहिर समेत सम्पर्क÷शाखा कार्यालयहरू खोल्न सक्नेछ । प्रदेश, जिल्ला, पालिका र वडा कार्य समितिको कार्यालय आ–आफ्नो पायक पर्ने स्थानमा रहनेछ ।

५ उद्देश्य तथा कार्यहरू

१) उद्देश्यहरू ः नेवाः देय् दबू मुनाफा रहित जनहितकारी संस्था हो । नेपालको प्रचलित ऐन कानूनको परिधिभित्र रही यस संस्थाको उद्देश्य देहायबमोजिम हुनेछ ः
क) सम्पूर्ण नेवारहरूलाई हामी नेवार हौं भन्ने भावनाको बिकास गर्दै संगठित गर्ने,
ख) नेवार भएर जन्मिनुमा गौरवको भावना अभिबृद्धि गराई नेवारहरू बीच आपसी सहयोगको भावना बिकास गराउने,
ग) नेवारहरूको इतिहास सँस्कृति, साहित्य, भाषा, कला, संगीत, भेषभुषाको महत्व बोध गराई संरक्षण र सम्बद्र्धन गर्ने,
घ) परम्परादेखि चल्दै आएका संस्कार रीतिथिति समयानुकुल अपनाउन र त्यसमा देखिएका र भित्रिएका आडम्बर र बिकृति त्याग्नमा प्रोत्साहन गर्ने,
ङ) नेवारहरूको बृत्ति तथा सीप विकास र रोजगार उपलब्ध गराउनमा सहयोग गर्ने,
च) नेवारहरूको आर्थिक सामाजिक शैक्षिक र साँस्कृतिक संरक्षण, सम्वद्र्धन र जातीय अधिकार प्राप्तिका लागि कार्य गर्ने,
छ) भाषा, धर्म, सँस्कृतिका समानताको अधिकार प्राप्तिका लागी ऐक्यवद्धता जनाउने,
ज) नेपालभित्र एवं बाहिर विभिन्न क्षेत्रका नेवारहरूको सकारात्मक भूमिकाका लागी भातृत्व र मैत्री सम्बन्ध स्थापित गर्ने,
झ) सबै आदिवासी जनजाति, जाति, समुदाय, धर्म, सँस्कृति र भाषाभाषीसँग मित्रता कायम गरेर अगाडि बढ्ने,
ञ) समानता, न्याय, शान्ति, स्वतन्त्रता, मैत्री जस्ता मानव समाजका शाश्वत मूल्य अभिवृद्धिहरूमा सहयोग पु¥याउने,
ट) नेवारहरूको सामाजिक साँस्कृतिक र आर्थिक सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप संचालन गर्ने,
२) कार्यहरूः संस्थाको उद्देश्य प्राप्तिका लागी देहायबमोजिम काम गर्नेछ ः
क) भाषा, साहित्य, रीतिरिवाज, सँस्कृति उत्थानका लागी नेवारहरू बीच चेतना जगाउँन समय समयमा राष्ट्रिय तथा स्थानीय स्तरमा आवश्यक कार्यक्रम र अभियान संचालन गर्ने,
ख) नेवारहरूको सामाजिक, साँस्कृतिक, आर्थिक र पेशागत स्थिति सुदृढ गर्नका लागी स्थानीय र राष्ट्रिय स्तरमा आवश्यक अभियान र कार्यक्रम संचालन गर्ने,
ग) नेवारहरूको जातीय पहिचानका आधार भाषा, लिपि, कला, रीतिथीति, चाडपर्व, पहिरन, परिकार आदिका संरक्षण, संवद्र्धन र सुधारका लागी समय समयमा प्रशिक्षण अन्तरक्रिया, गोष्ठी, सम्मेलन आयोजना गर्ने,
घ) विषयगत संगठनहरू निर्माण गर्ने,
ङ) नेपाल सरकारले दिएका निर्देशनहरू पालन गर्ने,
च) संस्थामा आवद्ध सङ्घसंस्था मार्फत नेवारहरूको आर्थिक सामाजिक साँस्कृतिक उन्नतिको लागी बिभिन्न कार्य गर्ने गराउने,
छ) भाषा, लिपि, सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागी कक्षा संचालन गर्ने गराउने,
ज) संस्थालाई आवश्यक पर्ने चलअचल सम्पत्ति खरिद गर्ने, निर्माण गर्ने वा अन्य आवश्यक व्यवस्था गर्ने,
झ) सामाजिक हित एवं मानवीय सेवाको लागी अत्यावश्यक सेवाहरू शववहान, एम्बुलेन्स आदि संचालन गर्ने,
ञ) कुनै पनि कार्य गुर्नपूर्व सम्बन्धित सरोकारवाला निकायको पूर्व स्वीकृति लिइनेछ ।

६ सदस्यता

(१) संस्थाले प्रदान गर्ने सदस्य देहायबमोजिम हुनेछ ।
क) संस्थापक सदस्य
ख) संस्थागत सदस्य
ग) साधारण सदस्य
घ) मानार्थ सदस्य
ङ) आजीवन सदस्य
च) नेवाः ट्रष्टि सदस्य (नेवाः भलसा दुजः)
छ) सम्बन्धन सदस्य
२) सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने कार्य देहायबमोजिम हुनेछ
क) संस्थापक सदस्य ः ने.सं. १११५ मा काठमाडौँमा आयोजित नेवाः देय् दबूको प्रथम राष्ट्रिय अधिवेशनमा सहभागी रहेका अनुसूची १ मा उल्लेख भएबमोजिमका सङ्घसंस्था, खलःपुचः, गुथि, व्यक्ति आदि स्वतः देय् दबूका संस्थापक सदस्य मानिने छ ।
ख) संस्थागत सदस्य ः देय् दबूले बनाएको नियमावली अनुसार गठन पुर्नगठन भएका नेवाः, जाति, भाषा, लिपि, साहित्य, सँस्कृतिको संरक्षण, संबद्र्धन गर्न र जातीय अधिकार प्राप्तिका लागि स्थापित मुनाफा आर्जन नगर्ने क्रियाशील खलः, पुचः, सङ्घसंस्था आदि तोकेबमोजिमको शुल्क बुझाई संस्थागत सदस्यता प्राप्त गर्न सकिनेछ । यो सदस्यता दिने र नविकरण गर्ने कार्य जिल्ला समितिले गर्नेछ ।
ग) साधारण सदस्य ः प्रारम्भिक समितिले विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई तोकिएबमोजिम शुल्क लिई साधारण सदस्य प्रदान गर्न सकिनेछ । प्रारम्भिक समिति बाहेक अरु कुनै तहको समितिले व्यक्तिगत सदस्यता दिन सक्नेछैन ।
घ) मानार्थ सदस्य ः देहायबमोजिम व्यतिm वा संस्थालाई मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ।
१) नेवार समाजमा विशिष्ट योगदान गरेका विविध बिधा र क्षेत्रका नेवार,
२) नेपाल बाहिरका नेवार संस्था, खलः, पुचः, गुथि
३) मानार्थ सदस्य महाधिवेशनमा भाग लिन सक्नेछ । तर निर्वाचनमा उम्मेद्वार हुन र मतदान गर्ने अधिकार रहने छैन।
ङ) आजिवन सदस्य ः नेवाः भाषा, कला, सँस्कृति, व्यापार व्यवसाय, राजनीेतिक, सामाजिक आदि क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएको व्यक्तिहरूलाई तोकिएको शुल्क लिइ प्रदान गरिएको सदस्य
च) नेवाः ट्रष्टि सदस्य ः तोकिएको शुल्क लिइ केन्द्रबाट प्रदान गर्ने सदस्यता (महाधिवेशन, प्रदेश अधिवेशनमा सहभागी हुन सक्नेछ तर उम्मेदवार हुनु हुनेछैन)
छ) सम्बन्धन सदस्य ः नेवाः भाषा, लिपि, कला, संस्कार, सँस्कृति संरक्षण र प्रवद्र्धन तथा नेवाः समुदायको विकास र उत्थानका लागि देशबाहिर क्रियाशील सङ्घसंस्थालाई तोकिएको शुल्क लिइ केन्द्रले सम्बन्धन प्रदान गरिनेछ ।

७. सदस्यको लागी योग्यता

१) दफा ६ (ग) को सदस्य हुन देहाय बमोजिम योग्यता पुगेको हुनु पर्नेछ ।
क) १८ बर्ष उमेर पुगेका नेवाः समुदायको नेपाली नागरिक ।
ख) प्रचलित ऐन कानूनले अयोग्य नठहरिएका ।
ग) संस्थाको विधान, नीति, नियम, निर्देशिका निशर्त मान्न मञ्जुर गर्ने ।

२) संस्थागत सदस्यको लागी योग्यता
क) विधि सम्मत तरीकाले गठन पुनःगठन गरी क्रियाशील रहेका संस्था
ख) निर्णयको प्रतिलिपि सहित तोकिएको ढाँचा बमोजिम फाराम भरी संस्थामा निवेदन गर्न आएका संस्था

८ सदस्यको काम, कर्तब्य र अधिकार

क) माथिल्लो निकायको लागी पं्रतिनिधि चयन गर्ने,
ख) बैठकहरुमा सक्रियतापूर्वक प्रतिनिधित्व गर्ने,
ग) निर्वाचन प्रक्रियामा सहभागी हुने,
घ) विधान र विधान अन्र्तगत तर्जूमा गरिएका नियमावली निर्देशिका र समय समयमा जारी गरिएको परिपत्र निशर्त पालना गर्ने,
ङ) तोकिए बमोजिमको जिम्मेवारी वहन गर्ने,
च) संस्थाले विशेष अवस्थामा सहयोग आह्वान गरेको खण्डमा सक्दो योगदान गर्ने ।

९ सदस्यताको समाप्ति

(१) देहायका अवस्थामा सदस्यता कायम रहने छैन ः
क) मृत्यु भएमा,
ख) तोकिए बमोजिमको बार्षिक शुल्क नबुझाएमा वा नवीकरण नगरेमा,
ग) संस्थाको सम्पत्ति दुरुपयोग वा हिनामिना गरेमा,
घ) सामाजिक हित विपरित कुनै कार्य गरेमा,
ङ) संस्थाको उद्देश्य र हित विरुद्ध संलग्न रहेमा,
च) मगज विगे्रको प्रमाणित भएमा,
छ) लिखित राजिनामा भएमा ।

२) उपदफा (१) (ग) (घ) र (ङ) बमोजिम सदस्यता समाप्तिको बारेमा विवाद भएमा सल्लाहकार समितिको परामर्शमा केन्द्रीय समितिको निर्णय अन्तिम हुनेछ । तर निर्णय गर्नुपूर्व प्राकृतिक न्यायको सिद्धान्त बमोजिम सुनुवाइको मौकाबाट वञ्चित गरिने छैन ।

१०. महाधिवेशन :-

क) महाधिवेशन नेवाः देय् दबूको सर्वोच्च अङ्ग हुनेछ । प्रत्येक ३ वर्षमा महाधिवेशन हुनेछ ।
ख) देहायबमोजिम महाधिवेशन गठन हुनेछ ः
१) केन्द्रीय समिति पदाधिकारी, सदस्य र सल्लाहकारहरू
२) राष्ट्रिय परिषद सदस्यहरू (पदेन सदस्यहरू बाहेकका)
३) नेवाः देय् दबूमा आवद्ध नेवाः जातीय संगठनको केन्द्रीय समितिबाट १ जना महाधिवेशनमा प्रतिनिधि हुनेछ।
४) प्रत्येक जिल्लाबाट कम्तीमा १ जना सदस्य पर्ने गरी प्रदेश अधिवेशनबाट निर्वाचित कम्तिमा २० वा प्रदेश अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्याको आधारमा १०ः१ बाट हुने सङ्ख्यामध्ये जुन बढी हुन्छ सो सङ्ख्याबमोजिम निर्वाचित प्रतिनिधि हुनेछ
५) प्रदेश समितिको संयोजनमा जिल्ला अधिवेशनबाट निर्वाचित ५ जना
६) केन्द्रीय विषयगत समितिबाट ३ जना
७) नेवाः समाजमा योगदान पु¥याएका विविध विधा र क्षेत्रका नेवारहरू मध्येबाट कुल महाधिवेशन प्रतिनिधिको ५ प्रतिशत अध्यक्षद्वारा मनोनित
८) सम्बन्धन प्राप्त संस्थाको प्रतिनिधि २ (उम्मेदवार हुनु हुनेछैन)
९) नेवाः ट्रष्टि सदस्य (भलसा दुजः), (उम्मेदवार हुनु हुनेछैन)
ग) केन्द्रीय समितिले महाधिवेशन ६० दिन अगाडि सार्वजनिक सूचना जारी गरी आह्वान गर्नु पर्नेछ । यसरी महाअधिवेशन आह्वान गरी सकेपछि ३० दिनभित्र सदस्यता नविकरण गर्नु पर्नेछ । यसपछि दर्ता भएको नयाँ सदस्य र नवीकरण भएको सदस्यलाई महाधिवेशनमा चुन्न र चुनिने अधिकार हुने छैन ।
घ) गणपुरक सङ्ख्या ः महाधिवेशनको गणपुरक सङ्ख्या ५१ प्रतिशत हुनेछ । पहिलोपटक गणपुरक सङ्ख्या नपुगेमा लगतै बस्ने महाधिवेशनको गणपुरक सङ्ख्या ४० प्रतिशत हुनेछ । दोश्रो पटक पनि आवश्यक गणपुरक सङ्ख्या नपुगेमा सभा स्थगित गरी तत्पश्चात बस्ने महाधिवेशनमा उपस्थित सदस्य सङ्ख्यालाई नै गणपुरक सङ्ख्या मानिने छ
ङ) महाधिवेशनको अध्यक्षता केन्द्रीय समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षहरू मध्ये एकलाई केन्द्रीय समितिको निर्णयले चयन भएको उपाध्यक्षले अध्यक्षता गर्नेछ ।
च) कुनै प्रस्तावमाथि छलफल गर्दा सभामा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गरिनेछ । तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।

११. महाअधिवेशनको काम, कर्तव्य र अधिकार ः
संस्थाको सर्वोच्च निर्णायक अङ्गको रुपमा रहेको महाधिवेशनको काम, कर्तव्य र अधिकारहरू देहायबमोजिम हुनेछ
क) राष्ट्रिय परिषद् तथा केन्द्रीय समितिले गरेका कामहरू समीक्षा, मूल्याङ्कन गर्ने र पारित गर्ने ।
ख) विधान संशोधन प्रस्ताव तथा केन्द्रीय समितिले तर्जुमा गरेको नियमावली, नीति, कार्यविधि निर्देशिका(हरू) अनुमोदन गर्ने
ग) केन्द्रीय समितिको निर्वाचन गर्ने ।
घ) केन्द्रीय समितिले लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक तोकेको अनुमोदन गर्ने ।
ङ) सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित, अनुमोदन गर्ने ।

१२. राष्ट्रिय परिषदको गठन विधि :-

नेवाः देय् दबू केन्द्रीय समितिलाई मार्ग निर्देशन गर्न एक राष्ट्रिय परिषद गठन गर्नेछ । राष्ट्रिय परिषद महाधिवेशन पछिको सर्वोच्च अङ्ग हुनेछ । राष्ट्रिय परिषदको गठन देहायबमोजिम हुनेछ
क) केन्द्रीय समिति पदेन सदस्य
ख) सल्लाहकार समिति पदेन सदस्य
ग) जातीय परिषदद्वारा सदस्य सचिव सहित ५ जना ।
घ) प्रदेश अध्यक्ष १
ङ) प्रदेश अधिवेशनबाट ५०ः१ जना प्रतिनिधि
च) विषयगत संगठनको अध्यक्ष पदेन ।
छ) सम्पूर्ण निर्वाचित एवं पदेन राष्ट्रिय परिषद सदस्य सङ्ख्याको ५ प्रतिशत सदस्य अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिको निर्णयले मनोनित गरिनेछ । यसमा ५० प्रतिशत महिला हुनुपर्नेछ।
ज) राष्ट्रिय परिषदको बैठक प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र बस्नेछ । परिषद बैठक वस्न ३० दिन अगाडि सूचना पठाउनुपर्ने छ ।
ञ) राष्ट्रिय परिषदको बैठकमा गणपुरक सङ्ख्या सामान्य वहुमत हुनेछ, पहिलो पटकको परिषद बैठकमा गणपुरक सङ्ख्या नपुगेमा लगतै बस्ने परिषदको उपस्थिति सङ्ख्यालाई नै गणपुरक सङ्ख्या मानिनेछ ।

१३. राष्ट्रिय परिषदको काम, कर्तव्य र अधिकार :-

क) केन्द्रीय समितिद्वारा प्रस्तुत योजना, बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन र आगामी बर्षको प्रस्तावित कार्यक्रम तथा आयव्यय (वजेट) अनुमोदन गर्ने ।
ख) महाधिवेशनद्वारा दिईएका निर्देशन र विधान अनुसार कार्य भए नभएको मूल्यांकन गरी उचित निर्देशन दिने ।
ग) केन्द्रीय समितिद्वारा प्रस्तुत विधान संशोधनको प्रस्ताव माथि आवश्यक छलफल गरी उपस्थित भएको परिषदको बैठकको दुइतिहाइ मतबाट पारित गर्ने
घ) आगामी बर्षको लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने

केन्द्रीय समिति
१४ केन्द्रीय समितिको गठन र अन्य व्यवस्था ः

(१) संस्थाको नीति निर्माण तथा दैनिक कार्य संचालन गर्न ४५ सदस्यीय केन्द्रीय समिति रहनेछ । महाधिवेशनबाट निर्वाचित देहायबमोजिमको समिति गठन गरिनेछ

क) अध्यक्ष –१
ख) बरिष्ठ उपाध्यक्ष –१
ग) उपाध्यक्ष –८ ( सबै प्रदेश र स्वनिगः विशेष समितिबाट)
घ) महिला उपाध्यक्ष –१
ङ) महासचिव –१
च) उप महासचिव –१
छ) सचिव –४ (एक महिला अनिवार्य, जातीय संस्थाको प्रतिनिधिहरू मध्येबाट एक)
ज) कोषाध्यक्ष –१
झ) सदस्य –८
(स्पष्टिकरणः सबै प्रदेश समिति र स्वनिगः विशेष समितिबाट चक्रिय प्रणाली अनुरुप लैंगिक समावेशी प्रतिनिधित्व रहने गरी महिला ४ र खुल्ला ४)
ञ) महिला सदस्य –९
ट) खुल्ला सदस्य –१०
जम्मा ४५
ठ) प्रदेश अध्यक्ष पदेन
ड) विषयगत संगठन केन्द्रीय अध्यक्ष पदेन

(२) कार्यकाल बाँकी छँदै कुनै पदाधिकारीको पद रिक्त हुन गएमा देहायबमोजिम बाँकी अवधीको लागी चयन गरिनेछ ।
क) अध्यक्षको पद रिक्त भएमा बरिष्ठ उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको पद पनि रिक्त भएमा उपाध्यक्षहरू मध्येबाट केन्द्रीय समितिले कार्यबाहक तोक्ने वा आवश्यक पदपुर्ति गरिनेछ ।
ख) उपाध्यक्षको पद रिक्त भएका सम्बन्धित क्षेत्रको केन्द्रीय सदस्य मध्येबाट केन्द्रीय समितिले चयन गर्नेछ
घ) निर्वाचित केन्द्रीय सदस्यको हकमा आफ्नै क्षेत्रको केन्द्रीय पार्षद मध्येबाट सहवरण गर्नेछ ।
ङ) अध्यक्षको उम्मेदवार हुन कम्तीमा १ कार्यकाल केन्द्रीय समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ ।
च) केन्द्रीय पदाधिकारी वा सदस्य हुन संस्थाको कुनै तहको समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ ।
छ) अध्यक्षले कुनैपनि राजनैतिक दलको कार्यकर्ताको हैसियतले राजनैतिक गतिविधिमा संलग्न हुन पाउनेछैन।

१५. केन्द्रीय समितिको काम, कर्तव्य र अधिकार ः

क) संस्थाको उद्देश्य प्राप्तिको लागी आवश्यक पर्ने विषयमा नीतिगत निर्णय गर्नु ।
ख) राष्ट्रिय परिषदको बैठक, महाधिवेशन बोलाउने, छलफलका विषय तोक्ने तथा बजेट तयार गर्ने ,
ग) राष्ट्रिय परिषदको बैठक, महाधिवेशनले पारित गरेका कुराहरूको कार्यान्वयन गर्ने ।
घ) संस्थाको बार्षिक प्रतिवेदन तयार गर्ने र महाधिवेशन÷राष्ट्रिय परिषदमा प्रस्तुत गर्ने ।
ङ) संस्थाको उद्देश्य पूर्तिका लागी सरकारी, गैर–सरकारी तथा अन्तरराष्ट्रिय दातृसंस्थाहरूसँग सम्पर्क, सल्लाह र सुझाव लिने ।
च) देय् दबू सँग आवद्ध देशका विभिन्न भागमा रहेका नेवाः खलः पुचः सङ्घ, जातीय संस्थाको गतिविधि निरीक्षण, अनुगमण र मूल्यांकन गर्ने, समन्वय गर्ने ।
छ) सबै सांगठनिक संरचनाअन्तर्गतका समितिहरूको कामहरू र नेवार जातिका सङ्घसंस्थाहरूको काममा समन्वय गर्ने, गराउने
ज) मुलुक बाहिरका नेवार सङ्घसंस्थासँग सम्पर्क र समन्वय गर्ने
झ) देय् दबूको दैनिक कार्य सम्पादन गर्नका लागी ११ सदस्यीय केन्द्रीय सचिवालय (ज्यासना पुचः)को गठन गर्ने । यसको काम, कर्तव्य र अधिकार केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ ।
ञ) आवश्यकतानुसार विभिन्न विभाग (कवः) आदि गठन गर्ने ।
ट) आवश्यकता अनुसार विषयगत समिति गठन गर्ने
ठ) विधानको अधिनमा रहि केन्द्रीय समितिले आवश्यक नीतिनियम, नियमावली, निर्देशिका निर्माण गर्ने, लागू गर्ने,
ड) आवश्यकता अनुसार समिति, उपसमिति गठन गर्ने ।
ण) केन्द्रीय समितिले आवश्यक ठानेमा देय् दबूका संस्थापकहरू र पूर्व अध्यक्षहरूबाट ३ जनासम्म संरक्षक मनोनयन गर्ने ।
त) आवश्यकता अनुसार समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरू सल्लाहकार मनोनयन गर्ने
थ) निर्वाचन समिति गठन गर्ने

१६. केन्द्रीय समितिको बैठक

क) अध्यक्षको निर्देशन अनुसार केन्द्रीय समितिको बैठक कम्तिमा ६ महिनामा एक पटक वस्नुपर्नेछ । कारणवस बैठक वस्न नसके एक महिनासम्म पर सार्न सकिने छ । तर बर्षको कम्तिमा २ पटक अनिवार्यरुपमा बैठक बस्नु पर्नेछ । यस्तो बैठकको सूचना महासचिवद्वारा साधारणतया १५ दिन अगाडि लिखित पत्र वा सुचना प्रविधि मार्फत पठाउनुपर्ने छ तर आकस्मिक बैठक जहिलेसुकै पनि बस्न सक्नेछ ।
ख) केन्द्रीय समितिको एकतिहाइ (१÷३)सदस्यहरूको अनुरोधमा केन्द्रीय समितिको बैठक बोलाउन पर्नेछ ।
ग) केन्द्रीय समितिको बैठकको गणपुरक सङ्ख्या समितिमा तत्काल कायम रहेका सदस्यहरूको सामान्य बहुमत सङ्ख्या हुनेछ
घ) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा बरिष्ठ उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको पनि अनुपस्थितिमा उपाध्यक्षहरू मध्ये एकले अध्यक्षता गर्नेछ ।

१७. सदस्यता कायम नरहने अवस्था

देहायका अवस्थामा केन्द्रीय समितिका कुनै पदाधिकारी वा सदस्यको पद रिक्त हुनेछ ।
क) नीजले आफनो पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
ख) केन्द्रीय समितिका दुई तिहाई सदस्यहरूको वहुमतले मनासिव कारण देखाई निलम्बन गर्न सकिने छ । सो निलम्बनलाई राष्ट्रिय परिषदले अनुमोदन गरेमा ।
ग) विना सुचना लगातार ३ वटा बैठकमा अनुपस्थिति भएमा ।
घ) प्रारम्भिक संस्थाले मनासिव कारण सहित प्रत्याह्वान गरी पठाएको अवस्थामा केन्द्रीय समितिको बैठकले स्वीकृत गरेमा।
(ङ) मृत्यु भएमा ।

१८ पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार

संस्थाको पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ।
१) अध्यक्षको काम, कर्तव्य र अधिकार
क) पदाधिकारी तथा सदस्यहरूको कामको वाँडफाँड गर्ने, निर्देशन दिने र राजीनामा स्वीकृत गर्ने,
ख) महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय समिति र केन्द्रीय सचिवालय लगायत नेवाः देय् दबूको बैठकहरूको अध्यक्षता गर्ने
ग) राष्ट्रिय परिषदको÷महाधिवेशनमा सदस्य मनोनित गर्न केन्द्रीय समितिमा प्रस्ताव लाने ।
घ) नेवाः देय् दबूको काम सुचारु रुपमा संचालन गर्न आवश्यक कर्मचारीहरूको नियुक्ति र वर्खास्त गर्ने
ङ) संस्थाको काम कारवाहीको सम्वन्धमा आवश्यकतानुसार राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्र अन्य सङ्घसंस्था वा निकायमा संस्थाको तर्पmबाट प्रतिनिधित्व गर्ने÷गराउने ।
च) संस्थाको हित तथा उद्देश्य प्राप्तिका लागी सरकारी गैर सरकारी सङ्घसंस्था, संगठनसँग सम्पर्क र समन्वय गर्ने, सहयोग अभिवृद्धि गर्ने ।
छ) केन्द्रीय समिति र केन्द्रीय सचिवालयको बैठक नवसेको अवस्थामा अपर्झट कुनै काम गर्न आवश्यक देखिएमा उक्त कार्य नभएमा संस्थालाई हानी नोक्सानी हुने भएमा सो काम गरी आगामी बैठकमा अनुमोदनको लागी पेश गर्ने
ज) महाधिवेशन, राष्ट्रिय परिषद तथा समितिको बैठकमा कुनै विषयमा मतदान भै मत वरावर भएमा निर्णायक मत दिने
झ) संस्थाको कुनै काम कारवाहीको सम्वन्धमा आवश्यकता अनुसार जाँचबुँझ निरीक्षण गर्ने÷गराउने ।
ञ) संस्थाको चल अचल सम्पत्तिको रेखदेख र नियन्त्रण गर्ने÷गराउने

२) बरिष्ठ उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार
क) अध्यक्षले दिएको काम कार्वाही जवाफदेहिताका साथ जिम्मेवारी बहन गर्ने ।
ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने
ग) संस्थाको संगठनसम्बन्धी काम गर्ने गराउने

३) उपाध्यक्षहरूको काम, कर्तव्य र अधिकार
क) अध्यक्षले दिएको काम कार्वाही जवाफदेहिताको साथ जिम्मेवारी बहन गर्ने ।
ख) अध्यक्ष र बरिष्ठ उपाध्यक्षको अनुस्थितिमा अध्यक्ष र बरिष्ठ उपाध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने ।
ग) आफू चयन भई आएको प्रदेशभित्रका जिल्लाहरूको खलः पुचः सङ्घसंस्था, संस्थागत संरचनाअन्तर्गतका समितिको अनुगमन, निरीक्षण गर्ने र सोको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्ने ।
घ) भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्य गर्ने गराउने

४) महिला उपाध्यक्षको काम, कर्तव्य र अधिकार
क) अध्यक्षले दिएको काम कार्वाही जवाफदेहिताको साथ जिम्मेवारी बहन गर्ने ।
ख) अध्यक्ष र बरिष्ठ उपाध्यक्षको अनुस्थितिमा अध्यक्ष र बरिष्ठ उपाध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने ।
ग) भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्य गर्ने गराउने

५) महासचिवको काम, कर्तव्य र अधिकार
क) अध्यक्षको निर्देशानुसार केन्द्रीय समितिको बैठक र केन्द्रीय समितिको निर्णयानुसार राष्ट्रिय महाअधिवेशन तथा राष्ट्रिय परिषदको सभा बँोलाउने ।
ख) केन्द्रीय समितिको तर्फबाट महाधिवेशन र राष्ट्रिय परिषदमा केन्द्रीय समितिको बार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम निर्णयार्थ पेश गर्ने ।
ग) महाधिवेशन, राष्ट्रिय परिषद तथा केन्द्रीय समितिद्वारा पारित नीतिहरू कार्यान्वयन गर्ने गराउने ।
घ) महाधिवेशन, राष्ट्रिय परिषद र केन्द्रीय समिति बैठकको कार्यसूची तयार गर्ने सूचना निकाल्ने, बैठकको निर्णयहरू अभिलेखन गर्ने, सोको पुस्तिका सुरक्षित राख्न लगाउने र बैठकको निर्णय प्रतिलिपि प्रमाणित गरी सदस्यहरूलाई पठाउने र सोको अभिलेखिकरण गर्ने ।
ङ) अध्यक्षले तोकेको अन्य काम गर्ने÷गराउने ।
च) संस्थाको दैनिक प्रशासनिक कार्यमा स्वयं संलग्न रही प्रवन्ध, निरीक्षण निर्देशन दिने ।

६) उपमहासचिवको काम, कर्तव्य र अधिकार
क) महासचिवको काममा पूर्ण सहयोग गर्ने र महासचिवको अनुपस्थितिमा जिम्मेवार भई महासचिवले गर्ने सम्पूर्ण कार्यहरू गर्ने ।
ख) महासचिव र बरिष्ठ उपाध्यक्षसँग समन्वय् गरी संस्थाको संगठनात्मक काममा सहयोग गर्ने

७) सचिवको काम, कर्तव्य र अधिकार
क) महासचिव र उपमहासचिवको काममा पूर्ण सहयोग गर्ने र महासचिव र उपमहासचिवको अनुपस्थितिमा जिम्मेवार भई महासचिव र उपमहासचिवले गर्ने सम्पूर्ण कार्यहरू गर्ने ।
ख) विषयगत संगठनहरूसँग समन्वय् गर्ने
ग) भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्यमा सहयोग गर्ने
घ) राष्ट्रिय परिषद सम्बन्धि कार्य गर्ने ।
ङ) जातीय परिषद सम्बन्धि कार्य गर्ने ।
च) अन्तरराष्ट्रिय सम्बन्धन सम्बन्धि कार्य गर्ने ।

८) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
क) केन्द्रीय समितिको तर्फबाट महाधिवेशन र राष्ट्रिय परिषदमा केन्द्रीय समितिको बार्षिक आर्थिक प्रतिवेदन लगायत लेखा परीक्षणको प्रतिवेदन र आगामी आर्थिक वर्षको प्रस्तावित बजेट पेश गर्ने ।
ख) दोहोरो लेखा प्रणाली अनुसार उपयुक्त लेखा अभिलेखहरू नियमानुसार दुरुस्त राख्ने, राख्न लगाउने ।
ग) संस्थाको कोषमा वृद्धि गर्ने तर्फ सदैव प्रयत्नशील रहने ।
घ) आन्तरिक तथा अन्तिम लेखापरीक्षण कार्य गराउने ।
ङ) संस्थाको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको जिन्सी खाता अध्यावधिक रुपमा राख्ने राख्न लगाउने
च) संस्थाको दैनिक आर्थिक कारोवार सम्बन्धी सम्पूर्ण कार्य सम्पादन गर्ने ।
छ) जिल्ला समितिको लेखा, कोष सम्बन्धी निरीक्षण, सुझाव दिने र त्यसको प्रतिवेदन कार्य समितिमा पेश गर्ने ।

९) सदस्यको काम, कर्तव्य र अधिकार
क) केन्द्रीय समितिको बैठकमा नियमित उपस्थित हुने
ख) केन्द्रीय समितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सकृय रुपले छलफलमा सहभागी भई पारित निर्णय कार्यान्वयनमा ल्याउने ।
ग) केन्द्रीय समितिले वा अध्यक्षले तोकी दिएको जिम्मेवारी जवाफदेही भई वहन गर्ने
घ) केन्द्रीय समितिलाई पूर्ण सहयोग गर्ने
ङ) तोकिएको क्षेत्रको नियमित भ्रमण गर्ने जिल्ला समितिको कामलाई व्यवस्थित गर्न सहयोग गर्ने र सोको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्ने ।

१९ जातीय परिषदको गठन ः

संस्थामा आवद्ध जातीय संस्थाको केन्द्रीय समितिको अध्यक्ष वा प्रतिनिधि १ जना प्रतिनिधित्व रहेको जातीय परिषद गठन गरिनेछ । संस्थाको अध्यक्ष यस परिषदको अध्यक्ष हुनेछ ।
१) यस परिषदको कार्य निम्नबमोजिम हुनेछ ,
क) संस्थाको विधानको उद्देश्यबमोजिमको कार्य गर्न कार्य समितिलाई आवश्यक सल्लाह दिने,
ख) नेवा ः भावना र गौरव सहित नेवाः एकता निम्ति कार्य समितिलाई सल्लाह दिने र आवश्यक कार्य समेत गनेर्,
ग) देय् दबूको उद्देश्य प्राप्तिको निमित्त जातीय संगठन र यसका शाखाहरू समेतलाई परिचालन गर्ने, समन्वय् गर्ने ।
घ) सदस्य सचिवको निर्वाचन गर्ने ।
ङ) राष्ट्रिय परिषद सदस्य निर्वाचन गर्ने ।
२) पदावधि ः यस परिषदको पदावधि केन्द्रीय समितिको पदावधि समाप्त भएपछि स्वतः समाप्त हुनेछ ।
परिषदको बैठक कम्तिमा ६ महिनाको एक पटक बस्नेछ ।

२० संरक्षक मनोनयन तथा सल्लाहकार समितिको गठन ः

क) केन्द्रीय समितिले आवश्यक ठानेमा देय् दबूका संस्थापकहरू र पूर्व अध्यक्षहरू मध्येबाट तीन जनासम्म संरक्षक राख्न सक्नेछ
ख) केन्द्रीय समितिले पूर्व अध्यक्षहरू, नेवाः जातिका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू समावेश गरी बढीमा केन्द्रीय समितिको एक तिहाई सङ्ख्यामा नबढ्ने गरी सल्लाहकार समितिको गठन गरिनेछ । यसरी गठन गरेको समितिमा कम्तिमा ३३ प्रतिशत महिला हुनु पर्नेछ । यस समितिले पुर्व अध्यक्षहरू मध्येबाट एक संयोजक चयन गर्नेछ ।

२१) संरक्षक र सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार

१) केन्द्रीय समितिलाई आवश्यक सल्लाह सुझाव दिने,
२) विधानले तोकिएको समयावधि भित्र केन्द्रीय समितिको बैठक, राष्ट्रिय परिषद र महाधिवेशन भए नभएको अनुगमन गरी केन्द्रीय समितिलाई आवश्यक सल्लाह सुझाव दिने,
३) संस्थाको विधान परिपालन भए नभएको अनुगमन गर्ने

 

प्रदेश अधिवेशन
२२) प्रदेश अधिवेशन

क) नेवाः देय् दबूको प्रदेश अधिवेशन देहाय वमोजिम हुनेछ ।
१) प्रदेश समितिका पदाधिकारीहरू, सदस्यहरू, प्रदेश सल्लाहकारहरू,
२) सम्बन्धित प्रदेशबाट राष्ट्रिय परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू
३) प्रत्येक जिल्ला अधिवेशनबाट समानुपातिक प्रतिनिधित्व रहने गरी जिल्लाबाट ५ जना वा जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने सङ्ख्याको आधारमा २५ः१ बाट हुने सङ्ख्यामध्ये जुन बढी हुन्छ सो सङ्ख्याबमोजिम निर्वाचित प्रतिनिधि हुनेछ ।
४) जिल्ला समितिको संयोजनमा महानगरपालिका समितिबाट ५, उपमहानगरपालिका समितिबाट ४, नगरपालिका समितिबाट ३, गाउँपालिका समितिबाट २ जना
५) विषयगत संगठन प्रदेश स्तरीय समितिबाट अध्यक्ष सहित ३ जना
६) जातीय संस्थाको प्रदेश स्तरीय समितिबाट २ जना
७) नेवार विविध क्षेत्रमा योगदान पु¥याएका बिबिध बिधा र क्षेत्रका नेवारहरू मध्येबाट अध्यक्षद्वारा समानुपातिक प्रतिनिधित्व रहने गरी प्रदेश अधिवेशन गर्दा कूल हुन आउने प्रतिनिधि सङ्ख्याको बढीमा ५ प्रतिशत सदस्यहरू
८) सम्बन्धित प्रदेशमा बसोबास गर्ने नेवाः ट्रष्टि सदस्यहरू (उम्मेदवार हुनुहुने छैन)
९) प्रदेश समितिले प्रदेश अधिवेशनको आव्हान ३० दिन अगाडि गर्नेछ

१०) गणपुरक सङ्ख्या ः क) प्रदेश अधिवेशनको गणपुरक सङ्ख्या समितिमा तत्काल कायम रहेको सदस्यहरूको सामान्य बहुमत सङ्ख्या हुनेछ । पहिलोपटक गणपुरक सङ्ख्या नपुगेमा लगतै बस्ने अधिवेशनको गणपुरक सङ्ख्या ४० प्रतिशत हुनेछ । दोश्रो पटक पनि आवश्यक गणपुरक सङ्ख्या नपुगेमा सभा स्थगित गरी सोही दिन बस्ने प्रदेश अधिवेशनमा उपस्थित सदस्य सङ्ख्यालाई नै गणपुरक सङ्ख्या मानिने छ
ख) प्रदेश अधिवेशनको अध्यक्षता प्रदेश समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा व.उपाध्यक्षले गर्नेछ ।
ग) प्रस्तावको विषयमा माथि छलफल गर्दा सभामा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गरिनेछ । तर मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।

२३) प्रदेश अधिवेशनको काम, कर्तब्य र अधिकार

क) नेवाः देय् दबूको प्रदेश समितिले प्रस्तुत आर्थिक विवरण, प्रतिवेदन अध्ययन गरी त्यसलाई पारित गर्ने वा आवश्यक निर्णय गर्ने ।
ख) प्रदेश समितिले गरेका कामहरू व्यवस्थित छ वा छैन मूल्याङ्कन गर्ने ।
ग) नेवाः देय् दबूको प्रदेश स्तरीय पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने
घ) महाधिवेशन प्रतिनिधि, राष्ट्रिय परिषद सदस्य चयन गर्ने

२४) प्रदेश अधिवेशनका गठन र अन्य व्यवस्था

१) संस्थाको निति निर्माण तथा दैनिक संचालन गर्न २१ देखि ३३ सदस्यीय एक प्रदेश समिति रहनेछ ।
क) अध्यक्ष –१
ख) बरिष्ठ उपाध्यक्ष –१
ग) उपाध्यक्ष –२ (एक महिला अनिवार्य)
ग) प्रमुख सचिव –१
घ) सचिव –२ (एक महिला अनिवार्य)
च) कोषाध्यक्ष –१
छ) खुल्ला –७ (आवश्यकता अनुसार थपघट हुन सक्ने)
झ) महिला –६ (आवश्यकता अनुसार थपघट हुन सक्ने)
ट) सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरू पदेन
ठ) सम्बन्धित प्रदेशबाट राष्ट्रिय परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू पदेन
ड) प्रदेश भित्रका जिल्लाका अध्यक्ष पदेन
ढ) विषयगत समितिको प्रदेश स्तरीय समितिका अध्यक्ष पदेन

२) प्रदेश समितिको कार्यावधि ३ बर्षको हुनेछ । तर यिनीहरू पुनः निर्वाचित हुन सक्नेछन् ।
३) प्रदेश समिति केन्द्रीय समिति÷प्रदेश अधिवेशन प्रति उत्तरदायी हुनेछ ।
४) अध्यक्षको निर्देशन अनुसार प्रमुख सचिवले प्रदेश समितिको बैठक साधारणतया ३ महिनामा एक पटक बोलाउने छ । बैठक बोलाउने सूचना सबै सदस्यहरूलाई विशेष र आकस्मिक बैठक बाहेक ७ दिन अगावै लिखित पत्र वा सुचना प्रविधि मार्फत रुपमा दिनुपर्नेछ
५) कुनैपनि सदस्य बिना सूचना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः पदमुक्त हुनेछ ।
६) अध्यक्षको उम्मेदवार हुन कम्तीमा १ कार्यकाल प्रदेश समिति वा माथिल्लो समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ ।
७) स्वनिगः (काठमाडौँ उपत्यका) बिशेष समिति ः काठमाडौँ उपत्यकाका तीन जिल्ला र विभिन्न जिल्ला÷क्षेत्रबाट उपत्यकामा क्रियाशील सम्पर्क समितिहरू समेतको प्रतिनिधित्व रहने गरी एक स्वनिगः विशेष समिति गठन गरिनेछ ।
कार्यक्षेत्र ः यस समितिको कार्यक्षेत्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभर रहनेछ ।

८) स्वनिगः विशेष समितिको अधिवेशन र प्रतिनिधित्व
क) स्वनिगः विशेष समितिको अधिवेशन प्रदेश समिति सरह हुनेछ
ख) नेवाः देय् दबूमा अवद्ध सम्पर्क समितिहरूबाट २ जना प्रतिनिधिहरू

९) बागमती प्रदेश समिति ः स्वनिगः विशेष समितिका तीन जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लाहरूको प्रतिनिधित्व रहने गरी एक प्रदेश समिति गठन गरिनेछ ।
कार्यक्षेत्र ः काठमाडौँ ललितपुर र भक्तपुर बाहेक बागमती प्रदेशका अन्य जिल्लाहरू ।

२५) प्रदेश समितिको काम, कर्तव्य र अधिकार

क) संस्थाको उद्धेश्य प्राप्तिको लागी आवश्यक पर्ने विषयहरूमा नीतिगत निर्णयहरू गर्ने ।
ख) प्रदेश समितिको बार्षिक प्रतिवेदन तयार गर्ने ।
ग) महाधिवेशन÷केन्द्रीय समिति÷प्रदेश अधिवेशनले पारित नीति, निर्देशनको पालना गर्ने
घ) संस्थाको उद्धेश्य प्राप्तिको लागी सरकारी, गैरसरकारी तथा अन्तरराष्ट्रिय दातृसंस्थाहरूसँग सम्पर्क, सल्लाह तथा सुझाव लिने
ङ) नेवाः देय् दबूमा आवद्ध प्रदेश भित्रका सदस्य सङ्घसंस्थाहरूको गतिविधिहरू निरिक्षण, अनुगमन, समन्वय् गर्ने
च) प्रदेश भित्रका स्थानीय तह, जिल्ला समितिहरूको अभिलेख राख्ने
छ) प्रदेश भित्रका विभाग, भातृसंगठन÷विषयगत समिति, जातीय संगठनहरूसँग सम्पर्क र निरन्तर समन्वय् गर्ने
ज) आवश्यकता अनुसार समिति, उपसमिति, विभागको गठन गरी अधिकार प्रत्यायोजन गर्ने
झ) आवश्यकतानुसार सचिवालय गठन गर्ने ।
ञ) नेपाल आदिवासी जनजाती प्रदेश समन्वय परिषद लगायत प्रदेश स्तरीय सङ्घसंस्था कार्यक्रमहरूमा प्रतिनिधि गर्ने, गराउने ।
ट) आवश्यकता अनुसार नेवाः बुद्धिजीवी, विशिष्ट व्यक्तित्वहरू मध्येबाट सल्लाहकार नियुक्ति गर्ने।
ठ) आवश्यकता अनुसार कर्मचारी दरवन्दी सृजना गरी नियुक्ति र खारेज गर्ने ।
ड) लेखा अध्यावधिक राख्ने
ढ) प्रत्येक बर्ष आन्तरिक लेखा परिक्षण गर्ने गराउने सोको प्रतिवेदन केन्द्रमा पठाउने ।
ण) नेवाः देय् दबूको विधानमा भएबमोजिम अन्य कार्य गर्ने गराउने
त) कुनै कारणवशः प्रदेश समितिको कुनै सदस्यको पद रिक्त भएमा प्रदेश अधिवेशन सदस्यहरू मध्येबाट बाँकी अवधिको लागि सहबरण गरी पदपूर्ति गर्ने,
द) प्रदेश अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि, जिल्ला अधिवशेनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली संकलन गरी तत्काल केन्द्रीय समितिमा पठाउने ।
२६. पदाधिकारीहरूको काम, कर्तब्य र अधिकार
१) अध्यक्षको काम, कर्तब्य र अधिकार
क) प्रदेश अधिवेशन र प्रदेश समितिको बैठकको अध्यक्षता गर्ने
ख) नेवाः देय दबूको विभिन्न क्रियाकलापमा सहयोग गर्ने ।
नेवाः देय् दबूसँग आबद्ध प्रदेशभित्रका जिल्ला समिति, नगरपालिका समिति, गाउँपालिका समिति, वडा समिति तथा सदस्य सङ्घ÷संस्थाहरूको सुपरिवेक्षण गरी आवश्यक परामर्श लिने दिने, संस्थाको काम कार्वाही सम्बन्धी आवश्यकता अनुसार सङ्घसंस्था वा निकायहरूमा संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने
ङ) पदाधिकारी तथा सदस्यहरूको कामको बाँडफाँड गर्ने, निर्देशन दिने र राजिनामा स्वीकृत गर्ने
ज) संस्थाको चलअचल सम्पत्तिको रेखदेख, संरक्षण र नियन्त्रण गर्ने, गराउने
झ) समितिको वैठक नवसेको अवस्थामा अपर्झट कुनै गर्न आवश्यक देखिएमा उक्त कार्य नभएमा संस्थालाई हानी नोक्सानी हुने भएमा सो कार्य गरी आगामी वैठकमा अनुमोदनका लागि पेश गर्ने

२) बरिष्ठ उपाध्यक्षको काम कर्तव्य र अधिकार
क) अध्यक्षको काममा सहयोग गर्ने अध्यक्षले तोकेको काम गर्ने
ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने
ग) प्रदेश अन्तर्गतको जिल्ला, पालिका, वडाहरूमा संगठन सम्बन्धि कार्य गर्ने गराउने

३) उपाध्यक्षको काम कर्तव्य र अधिकार
क) अध्यक्षको काममा सहयोग गर्ने अध्यक्षले तोकेको काम गर्ने
ख) अध्यक्ष÷ब.उपाध्यक्षको समेत अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य गर्ने
ग) प्रदेश अन्तर्गतको जिल्ला, पालिका, वडाहरूमा भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्य गर्ने गराउने

४) प्रमुख सचिवको काम, कर्तब्य र अधिकार
क) अध्यक्षको निर्देशन अनुसार प्रदेश अधिवेशन र समितिको बैठक बोलाउने
ख) प्रदेश अधिवेशन तथा समितिद्धारा पारित निर्णयहरू कार्यन्बयन गर्ने गराउने
ग) प्रदेश अधिवेशन र समितिको बैठकको कार्यसूची तयार गर्ने सूचना निकाल्ने, बैठकको निर्णय अभिलेखन गर्ने र निर्णयहरू सदस्यहरूलाई पठाउने
घ) प्रदेश समितिको तर्फबाट प्रदेश अधिवेशनमा प्रदेश समितिको वार्षिक प्रगति प्रतिवेदन र अगामी वर्षको कार्यक्रम निर्णयार्थ पेश गर्ने
ङ) प्रदेश अधिवेशनद्वारा पारित प्रतिवेदन र अगामी वर्षको कार्यक्रम केन्द्रीय समिति र समितिमा पठाउने
च) त्रैमासिक प्रगति प्रतिवेदन केन्द्रीय समितिमा पठाउने
छ) प्रदेश समितिको दैनिक प्रशासनिक कामको जिम्मा लिने
ज) अन्य तोकिएको कार्य गर्ने

५) सचिवको काम, कर्तब्य र अधिकार
क) प्रमुख सचिवको काममा सहयोग गर्ने
ख) प्रमुख सचिवको अनुपस्थितिमा नीजले गर्ने सम्पूर्ण काम गर्ने
ग) अध्यक्षले वा समितिले तोकेको जिम्मेवारी पुरा गर्ने ।
घ) प्रदेशअन्तर्गतको जिल्ला, पालिका, वडाहरूमा संगठन ब.उपाध्यक्षसँगको समन्वयमा सम्बन्धित कार्यमा सहयोग पु¥याउने
ग) प्रदेश अन्तर्गतको जिल्ला, पालिका, वडाहरूमा भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्यमा सहयोग पु¥याउने

६) कोषाध्यक्षको काम कर्तब्य र अधिकार
क) संस्थाको आर्थिक कारोबार सम्बन्धी जिम्मा लिने
ख) संस्थाको उद्देश्य प्राप्तिका लागि उपयुक्त लेखा पुस्तिका नियमानुसार दुरुस्त राख्ने, राख्न लगाउने
ग) प्रदेश समितिको तर्फबाट प्रदेश अधिवेशनमा प्रदेश समितिको वार्षिक आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र अगामी वर्षको आयव्यय (बजेट) पेश गर्ने
घ) दोहोरो लेखा प्रणाली अनुसार उपयुक्त लेखा अभिलेखहरू नियमानुसार दुरुस्त राख्ने राख्न लगाउने ।
ङ) संस्थाको कोष वृद्धि गर्ने तर्फ सदैव प्रयत्नशील रहने ।
च) आन्तरिक लेखापरीक्षण कार्यमा सहयोग गर्ने ।
छ) संस्थाको स्वामित्वमा रहेको चल अचल सम्पत्तिको जिन्सी खाता अधावधिक रुपमा राख्ने राख्न लगाउने ।
ज) संस्थाको दैनिक आर्थिक कारोवार सम्वन्धी सम्पूर्ण पत्र ब्यवहार र जनसम्पर्क राख्ने ।
७) सदस्यको काम कर्तव्य र अधिकार
क) बैठक र संस्थाको कार्यक्रमहरूमा नियमित उपस्थित हुने
ख) प्रदेश समितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सकृय रुपले छलफलमा सहभागी भई निर्णय पारित गर्न योगदान गर्ने
ग) अध्यक्ष वा समितिले तोकेको जिम्मेवारी जवाफदेही भइ बहन गर्ने

जिल्ला अधिवेशन

२७ जिल्ला अधिवेशन ः
१) प्रत्येक जिल्लामा देहायबमोजिम जिल्ला अधिवेशन हुनेछ ः
क) जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू
ख) जिल्लामा रहेका पालिका समितिको संयोजनमा प्रत्येक वडा समितिबाट २ जना
ग) प्रत्येक पालिका कार्य समिति पदाधिकारी तथा सदस्यहरू
घ) पालिका अधिवेशनमा भाग लिएका कूल प्रतिनिधि सङ्ख्याको ५ प्रतिशत वा बढीमा ५ जना
ङ) संस्थामा सदस्यको रुपमा आवद्ध जिल्लाका खलः, पुचः, सङ्घसंस्था गुथिहरूबाट ५०ः१ बढिमा ४ जना
च) जिल्ला अधिवेशन गर्दा कूल हुन आउने प्रतिनिधि सङ्ख्याको बढीमा ५ प्रतिशत मनोनित सदस्यहरू
छ) जिल्लामा गठन भएका विषयगत संगठनहरूको जिल्ला समितिबाट ५ जना
ज) जिल्लामा रहेका नेवाः जातीय संस्थाबाट ३ जना
खण्ड (ख), (घ), (ङ), (च), (छ) र (ज)बमोजिमको प्रतिनिधि सङ्ख्या कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधि हुनुपर्ने छ ।

२८ जिल्ला अधिवेशनको काम, कर्तव्य र अधिकार
क) जिल्ला समितिद्वारा प्रस्तुत योजना, बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तावित वजेट अनुमोदन गर्ने ।
ख) महाधिवेशन र प्रदेश अधिवेशनको लागि तोकिएबमोजिमको प्रतिनिधिहरू छनौट गर्ने
ग) जिल्ला समितिको निर्वाचन गर्ने ।
घ) आवश्यकतानुसार समिति उपसमितिहरूको गठन गर्ने, गराउने
ङ) नेवाः देय् दबूको हित र उद्देश्य प्राप्तिका लागी क्रियाशील रहने

२९ जिल्ला समिति गठन र अन्य व्यवस्था
(१) संस्थाको दैनिक कार्य संचालन गर्न १५ देखि २९ सदस्यीय देहायबमोजिमको पदाधिकारीसहितको एक कार्य समिति गठन गरिनेछ
अध्यक्ष १
बरिष्ठ उपाध्यक्ष १
उपाध्यक्ष २ (एक महिला अनिवार्य)
सचिव २ (एक महिला अनिवार्य)
कोषाध्यक्ष १
सदस्यहरू ………………
(२) सम्बन्धित जिल्लामा बसोबास गर्ने केन्द्रीय समिति, प्रदेश समिति पदाधिकारी र सदस्यहरू पदेन
(३) सम्बन्धित जिल्लामा बसोबास गर्ने राष्ट्रिय परिषद सदस्यहरू पदेन
(४) पालिका समितिका अध्यक्ष पदेन
(५) जिल्लामा रहेको विषयगत समितिका अध्यक्ष पदेन

७) अध्यक्षको निर्देशन अनुसार सचिवले जिल्ला समितिको बैठक साधारणतया दुई महिनामा एक पटक बोलाउने छ । बैठक बोलाउने सूचना सबै सदस्यहरूलाई विशेष र आकस्मिक बैठक बाहेक ७ दिन अगावै लिखित वा सुचना प्रविधिको माध्यम दिनुपर्नेछ ।
(८) कुनैपनि सदस्य बिना सूचना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः पदमुक्त हुनेछ ।
(९) अध्यक्षको उम्मेदवार हुन कम्तीमा १ कार्यकाल जिल्ला समिति वा माथिल्लो समितिमा रही एक कार्यकाल पुरा गरेको वा कार्यरत हुनुपर्नेछ ।

३०) जिल्ला समितिको काम, कर्तव्य र अधिकार ः
जिल्ला परिषदको निर्देशनको अधिनमा रही जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः
क) जिल्ला अधिवेशनमा बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र अनुमानित आय ब्यय (वजेट) निर्णयार्थ पेश गर्ने
ख) महाधिवेशन, राष्ट्रिय परिषद र केन्द्रीय समितिबाट प्रतिपादित नीति, निर्देशनको पालना गर्ने, गराउने ।
ग) जिल्लामा रहेका खलः पुचः सङ्घसंस्था गुथिको अभिलेख राख्ने,
घ) संस्थामा आवद्ध जिल्ला भित्रका सदस्यहरूको सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने
ङ) नेपाल आदिवासी जनजाती महासङ्घ जिल्ला परिषद लगायत जिल्लास्तरीय सङ्घसंस्थाको कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने, गराउने ।
च) जिल्लामा गठन गरिएको विभाग, विषगत संगठन, जातीय संगठनसँग निरन्तर सम्पर्क र समन्वय गर्ने
छ) आवश्यकतानुसार समिति उपसमितिको गठन गरी कार्यक्षेत्र निर्धारण तथा कुनै निकाय वा व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्न सकिने ।
ज) प्रत्येक वर्ष केन्द्रीय समितिमा तोकिएबमोजिमको शुल्क बुझाउने
ञ) कुनै कारणबस जिल्ला समितिको कुनै सदस्यको पद रिक्त भएमा बाँकी अवधिको लागी मनोनयन गरी पदपूर्ति गर्ने,
ट) आवश्यकतानुसार कर्मचारीको दरवन्दी सृजना गरी, नियुक्ति र खारेज गर्ने, गराउने
ठ) लेखा अध्यावधि राख्ने
ड) पदाधिकारी वा सदस्य सम्मिलित ७ सदस्यीय जिल्ला सचिवालय गठन गर्न सकिने छ ।
ढ) जिल्ला समितिको बैठकले आश्यकतानुसार स्थानीय नेवाः बुद्धिजीवि, बिशिष्ट व्यक्तिहरू मध्येबाट सल्लाहकार नियुक्ति गर्न सकिनेछ ।
ण) जिल्ला अधिवेशनबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, पालिका अधिवशेनबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूको नामावली संकलन गरी तत्काल प्रदेश समितिमा पठाउने ।
ड) यस विधानमा व्यवस्था भएबमोजिम आवश्यक अन्य कार्य गर्ने गराउने,

३१ पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार ः
१) अध्यक्षको काम, कर्तव्य र अधिकार
क) जिल्ला अधिवेशन र जिल्ला समितिको बैठकको अध्यक्षता गर्ने
ख) नेवाः देय् दबूमा आवद्ध जिल्ला भरिका सदस्य सङ्घसंस्थाहरूको सुपरिबेक्षण गरी आवश्यक परामर्श लिने, दिने कार्य गरी कार्यक्रम तर्जुमा गर्ने
ग) नेवारहरूको बसोबास भएका गाउँ÷नगरमा नेवाः देय् दबू गठन गर्ने, नेवाः देय् दबूमा आवद्ध गर्ने
घ) आदिवासी जनजातिहरूको माग पुरा गराउन आवश्यक पहल गर्ने
ङ) पदाधिकारी तथा सदस्यहरूको कामको बाँडफाँड गर्ने, निर्देशन दिने र राजीनामा स्वीकृत गर्ने
च) संस्थाको चल अचल सम्पत्तिको रेखदेख, संरक्षण र नियन्त्रण गर्ने, गराउने
छ) समितिको बैठक नबसेको अवस्थामा अपर्भmट कुनै कार्य गर्न आवश्यक देखिएमा उक्त कार्य नभएमा संस्थालाई हानी नोक्सानी हुने भएमा सो कार्य गरी आगामी बैठकमा अनुमोदनका लागी पेश गर्ने
ज) बैठकमा मत वरावर भएमा निर्णायक मत दिने ।
झ) विभिन्न निकायमा प्रतिनिधित्व गर्ने, गराउने ।

२) बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्षको काममा सहयोग गर्ने अध्यक्षले तोकेको काम गर्ने
ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्र्नेे सम्पूर्ण कार्य गर्ने ।
ग) जिल्ला अन्तर्गतका पालिका, वडाहरूमा संगठन सम्बन्धि कार्य गर्ने गराउने

३) उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्षको काममा सहयोग गर्ने अध्यक्षले तोकेको काम गर्ने
ख) अध्यक्ष÷ब. उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्र्नेे सम्पूर्ण कार्य गर्ने ।
ग)) जिल्ला अन्तर्गतका पालिका, वडाहरूमा भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्य गर्ने गराउने

४) सचिवको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्षको निर्देशन अनुसार अधिवेशन र समितिको बैठक बोलाउने ।
ख) अधिवेशन तथा कार्य समितिद्वारा पारित निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।
ग) अधिवेशन र समितिको बैठकको कार्यसूची तयार गर्ने सूचना निकाल्ने, बैठकको निर्णय अभिलेखन गर्ने र निर्णयहरू सदस्यहरूलाई पठाउने
घ) जिल्ला समितिको तर्फबाट जिल्ला अधिवेशन, जिल्ला समितिको बार्षिक प्रगति प्रतिवेदन र अगामी वर्षको कार्यक्रम निर्णयार्थ पेश गर्ने
ङ) जिल्ला अधिवेशनद्वारा पारित प्रतिवेदन र अगामी वर्षको कार्यक्रम केन्द्रीय समितिमा पठाउने।
च) त्रैमासिक प्रगति प्रतिवेदन केन्द्रीय समितिमा पठाउने
छ) जिल्ला समितिको दैनिक प्रशासनिक कामको जिम्मा लिने
ज) अन्य तोकिएको कार्य गर्ने

५) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) संस्थाको आर्थिक कारोबार सम्बन्धी जिम्मा लिने
ख) संस्थाको उद्देश्य प्राप्तिका लागी उपयुक्त लेखा पुस्तिका नियमानुसार दुरुस्त राख्ने, राख्न लगाउने
ग) जिल्ला समितिको तर्फबाट जिल्ला अधिवेशनमा जिल्ला समितिको बार्षिक आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र अगामी आर्थिक वर्षको प्रस्तावित वजेट पेश गर्ने
घ) विधानको दफा १८ को उपदफा ५ को खण्ड (ग),(घ),(ङ) र (च)बमोजिम कार्य गर्ने, गराउने

६) सदस्यको काम, कर्तव्य र अधिकार ः
क) बैठक र संस्थाको कार्यक्रमहरूमा नियमित उपस्थित हुने
ख) जिल्ला समितिको बैठकमा प्रस्तुत भएका प्रस्तावहरूमा सकृय रुपले छलफलमा सहभागी भई निष्कर्षमा पु¥याउने, पारित निर्णय निर्णयहरू कार्यान्वयनमा ल्याउने ।
ग) तोकिएको गाउँ÷नगरको नियमित अनुगमन गरी जिल्ला समितिमा प्रतिवेदन पेश गर्ने ।
घ) अध्यक्ष वा समितिले तोकेको जिम्मेवारी जवाफदेही भई बहन गर्ने ।

पालिका अधिवेशन
३२ पालिका अधिवेशन
१) देहायबमोजिम आवश्यकता अनुसार पालिका अधिवेशन गठन हुनेछ
क) पालिका कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू सदस्यहरू, पालिका सल्लाहकारहरू
ख) पालिकामा गठन भएका नेवाः जातीको भाषा, साहित्य, सँस्कृति उत्थान सम्बन्धी नेवाः देय् दबूसँग आवद्ध प्रत्येक संस्थाका ५ जना प्रतिनिधिहरू
ग) नेवाः देय् दबूको पालिका स्तरीय विषयगत समितिले आफू मध्येबाट छनौट गरी पठाएको ५ जना
घ) वडा समितिका सम्पूर्ण पदाधिकारीहरू सदस्यहरू
ङ) वडा अधिवेशनमा भागलिने कूल प्रतिनिधि सङ्ख्याको ५ प्रतिशत वा बढीमा ५ जना
च) नेवाः देय् दबूमा आवद्ध पालिका रहेको प्रत्येक नेवाः जातीय संस्थाबाट ५ जना
छ) पालिका अधिवेशनमा भागलिने कूल प्रतिनिधि सङ्ख्याको ५ प्रतिशत अध्यक्षद्वारा मनोनीत प्रतिनिधिहरू
ज) प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिला हुनपर्नेछ ।
२) यदि गाउँ÷नगरमा एउटै मात्र संस्था भए केन्द्रको स्वीकृति लिई सोही संस्थालाई गाउँ÷नगर कार्य समितिको काम गर्ने अधिकार प्रत्यायोजन गर्न सकिनेछ ।

३३ पालिका अधिवेशन प्रकृया
(१) पालिका कार्य समितिले कार्य सूची सहित १५ दिन अगावै सदस्यहरूलाई सभा हुने स्थान र मिति उल्लेख गरी लिखित सूचना दिई वर्षको एकपटक पालिका अधिवेशन बोलाउनु पर्नेछ
(२) पालिका कार्यसमितिको आह्वानमा वा पालिका अधिवेशनका एक तिहाई (१÷३) सदस्यहरूले मनासिव कारण देखाइ अधिवेशनको माग गरेमा सोको १५ दिनभित्र पालिका समितिको बिशेष सभा सात दिनको सूचना दिएर बोलाउनु पर्नेछ
(३) पालिका अधिवेशनको गणपुरक सङ्ख्या ५१ प्रतिशत हुनेछ । पहिलो पटक गणपुरक सङ्ख्या नपुगेमा लगतै बस्ने सभामा उपस्थित सङ्ख्या नै गणपुरक सङ्ख्या हुनेछ ।

३४ पालिका अधिवेशनको काम कर्तव्य र अधिकार
क) पालिका कार्यसमितिद्धारा प्रस्तुत योजना, बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तावित वजेट अनुमोदन गर्ने
ख) प्रतिनिधिहरू मध्येबाट पालिका कार्य समिति चयन गर्ने ।
ग) पालिका अधिवेशनको कार्यसूची स्वीकृत गर्ने र कार्यसूचीका सबै विषयमा छलफल तथा निर्णय गर्ने
घ) आवश्यकतानुसार समिति उपसमितिहरूको गठन गर्ने, गराउने
(ङ) पालिकाको कार्य क्षेत्र भित्र गठन भएका नेपालभाषा, लिपि, सँस्कृति र जातीय अधिकारका लागि गठन भएका सङ्घसंस्थाको व्यवस्थापन र समन्वय गर्ने
च) प्रदेश अधिवेशन तथा जिल्ला अधिवेशनको लागि तोकिएबमोजिम प्रतिनिधि छनौट गर्ने ।

३५ पालिका कार्य समिति गठन र अन्य व्यवस्था
(१)संस्थाको दैनिक कार्य संचालन गर्न देहायबमोजिमको पदाधिकारी रहने गरी १३ देखि २७ सदस्यीयसम्म एक पालिका कार्य समिति रहनेछ ।
क) अध्यक्ष १
ख) बरिष्ठ उपाध्यक्ष १
ग) उपाध्यक्ष २ (एक महिला अनिवार्य)
घ) सचिव २ (एक महिला अनिवार्य)
ङ) कोषाध्यक्ष १
च) सदस्य ६ (सदस्यको सङ्ख्या आवश्यकतानुसार थपघट हुनसक्ने)
छ) सम्बन्धित पालिकामा बसोबास गर्ने प्रदेश र जिल्ला समिति पदाधिकारी र सदस्यहरू पदेन
ज) सम्बन्धित पालिका अन्तर्गतका वडा समिति र विषयगत समितको अध्यक्ष पदेन
(२) कार्य समितिको कार्यकाल ३ बर्ष हुनेछ । तर यिनिहरू समितिमा पुनः निर्वाचित हुन सक्नेछन।
(३) कुनै कारणबस पालिका कार्यसमितिको कुनै सदस्यको पद रिक्त भएमा साधारण सदस्यहरू मध्येबाट बाँकी अवधिको लागी मनोनयन गरी पदपूर्ति गर्ने
(४) अध्यक्षको निर्देशन अनुसार सचिवले कार्य समितिको बैठक साधारणतया प्रत्येक महिना बोलाउने छ ।
(५) कुनैपनि सदस्य बिना सूचना लगातार तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः पद रिक्त हुनेछ
(६) कार्य समितिले आवश्यक ठानेमा सल्लाहकार नियुतm गर्न सक्नेछ
७) आफूभन्दा माथिल्लो समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा आमन्त्रीत गर्नुपर्नेछ।
८) सम्बन्धित पालिका अन्तर्गतका वडा कार्य समितिको अध्यक्ष लाई समितिको बैठकमा आमन्त्रण गरिनेछ ।

३६ पालिका कार्य समितिको काम, कर्तव्य र अधिकार
पालिका अधिवेशनको निर्देशनको अधिनमा रही पालिका कार्य समितिको काम कर्तव्य देहायबमोजिम हुनेछ
क) पालिका अधिवेशनमा बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र अनुमानित आयव्यय (बजेट) निर्णयार्थ पेश गर्ने र पारित प्रतिवेदनहरू माथिल्लो समितिमा पेश गर्ने
ख) माथिल्लो समितिबाट जारी परिपत्र, निर्देशनहरू निशर्त कार्यान्वयन गर्ने, गराउने
ग) नेवारहरूलाई संस्थाको साधारण सदस्य वितरण गर्ने,
घ) नेपाल आदिवासी जनजाती महासङ्घ पालिका परिषदमा प्रतिनिधित्व गर्ने, गराउने
ङ) आफ्नो कार्यक्षेत्र भित्र गठन भएका खलः पुच, संस्था विषयगत संगठनहरूसँग सम्पर्क समन्वय गर्ने
च) पालिका अधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्ने गराउने
छ) नेवाःभाषा, कला, सँस्कृति संरक्षण र सम्वद्र्धन सम्बन्धी कार्यरत खलः पुचः सङ्घसंस्थाहरूलाई संस्थागत सदस्यताको लागि सिफारिस गर्ने
ज) पालिका अधिवेशनबाट निर्वाचित जिल्ला अधिवेशन प्रतिनिधि, वडा अधिवेशनबाट निर्वाचित जिल्ला अधिवेशन प्रतिनिधिहरूको नामावली संकलन गरी तत्काल जिल्ला समितिमा पठाउने।

३७ पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार ः
१) अध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) पालिका कार्य समितिले आयोजना गरेका बैठक तथा कार्यक्रमहरूको अध्यक्षता गर्ने ।
ख) बैठकमा बराबर मत भएमा निर्णायक मत दिने ।
ग) पालिका स्तरीय बैठक, अधिवेशनमा पेश गरिने प्रस्तावहरू तयार गर्ने तथा पारित निर्णयहरू कार्यान्वयन गर्ने गराउने
घ) पालिका भरिका सदस्य सङ्घसंस्थाहरूको सुपरिवेक्षण गरी आवश्यक परामर्श लिने दिने कार्य गर्ने
ङ) नेवाः देय् दबूमा आबद्ध हुन बाँकी सङ्घसंस्थालाई आबद्ध हुन प्रेरित गर्ने ।
च) नेवारहरूको उपस्थिति रहेको गाउँ÷नगरहरूमा नेवाः सङ्घसंस्था खोल्न प्रेरित गरी नेवारहरूलाई संगठित बनाउने।

२) बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने ।
ख) पालिका अधिवेशनबाट तोकिएको जिम्मेवारी पूरा गर्ने, गराउने
ग) अध्यक्षलाई सहयोग पु¥याउने ।
घ) पालिका अधिवेशनलाई क्रियाशील बनाई अगाडि बढाउने ।
ङ) पालिका, अन्तर्गतका वडाहरूमा संगठन सम्बन्धि कार्य गर्ने गराउने
च) अध्यक्ष÷समितिले तोकिएको कार्यहरू गर्ने ।

३) उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्ष र ब.उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने
ख) पालिका अधिवेशनबाट तोकिएको जिम्मेवारी पूरा गर्ने, गराउने
ग) पालिका अधिवेशनलाई क्रियाशील बनाई अगाडि बढाउने ।
घ) पालिका, अन्तर्गतका वडाहरूमा भाषा, कला, संस्कार–सँस्कृति सम्बन्धि कार्य गर्ने गराउने
ङ) अध्यक्षले÷समितिले अन्य तोकिएको कार्यहरू गर्ने ।

४) सचिवको काम, कर्तव्य र अधिकार ः
क) पालिका कार्यसमितिको प्रशासनिक तथा दैनिक कार्य संचालन गर्ने ।
ख) पालिका कार्यसमितिको सम्पूर्ण कागजातहरूको जिम्मा लिने, प्रगति प्रतिवेदन पेश गर्ने, पालिकामा आबद्ध संस्थाहरूसँग परामर्श गरी अधिवेशनमा प्रस्ताव पेश गर्ने ।
ग) पालिका कार्यसमितिले तोकेको समयावधिमा बैठक बोलाउने, अध्यक्षको सल्लाहबमोजिम अन्य समय परिस्थिति अनुसार बैठक बोलाउने ।
घ) बैठकमा पेश हुने प्रस्तावहरूको मस्यौदा तथा बैठकको मिति तोकी अधिवेशनका प्रतिनिधिहरूलाई पत्राचार गर्ने ।
ङ) अधिवेशन र पालिका कार्य समितिबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।
च) अन्य तोकिएको कार्यहरू गर्ने ।

५) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) कोषाध्यक्षले पालिका कार्य समितिको आर्थिक कोषको कार्यहरू सम्पादन गर्ने ।
ख) पालिका कार्य समितिको आयव्ययको विवरण पारदर्शि रुपमा राख्ने ।
ग) पालिका कार्य समितिले गरेको आर्थिक कारोवारहरूको प्रत्येक आर्थिक बर्षमा आन्तरिक लेखा परीक्षण गराई र आगामी आर्थिक वर्षको लागी प्रस्तावित बजेट अधिवेशनमा पेश गर्ने
घ) कोषाध्यक्षले प्रत्येक आर्थिक बर्षको आर्थिक प्रतिवेदन कार्य समिति समक्ष अनुमोदन गराई अधिवेशनमा पेश गर्ने
ङ) पालिका कार्य समितिको चल अचल सम्पत्तिको विवरण राख्ने तथा तिनीहरूको संरक्षण सम्बद्र्धन गर्ने
च) अन्य तोकिएको कार्यहरू गर्ने ।

६) सदस्यहरूको काम, कर्तव्य र अधिकार ः
क) पालिका कार्य समितिको बैठकमा उपस्थित हुने, छलफल र निर्णयमा भाग लिने ।
ख) पालिका कार्य समितिको बैठकले दिएको जिम्मेवारी पुरा गर्ने
ग) पालिका कार्य समितिलाई क्रियाशील रुपमा संचालन गर्न सक्रिय भुमिका निर्वाह गर्ने ।

वडा समिति
३८ वडा अधिवेशन
(१) देहायबमोजिम आबश्यकता अनुसार वडा अधिवेशन गठन हुनेछ
क) सम्बन्धित वडाका सम्पूर्ण साधारण सदस्यहरू, सल्लाहकारहरू
ख) सम्बन्धित वडामा बसोवास गर्ने नेवाः ट्रष्टि सदस्यहरू आजीवन सदस्य

३९ वडा अधिवेशनको काम कर्तव्य र अधिकार
क) वडा कार्यसमितिद्धारा प्रस्तुत योजना, बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन र अगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा प्रस्तावित वजेट अनुमोदन गर्ने
ख) प्रतिनिधिहरू मध्येबाट वडा कार्य समिति निर्वाचित गर्र्ने
ग) वडा अधिवेशनको कार्यसूची स्वीकृत गर्ने र कार्यसूचीका सबै विषयमा छलफल तथा निर्णय गर्ने
घ) जिल्ला अधिवेशन तथा पालिका अधिवेशनको लागि तोकिएबमोजिमको प्रतिनिधि चयन गर्ने ।

४० वडा कार्य समिति गठन र अन्य व्यवस्था
(१) संस्थाको दैनिक कार्य संचालन गर्न देहायबमोजिमको पदाधिकारी रहने गरी ७ देखि १९ सदस्यीयसम्म एक वडा कार्य समिति रहनेछ ।
क) अध्यक्ष १
ख) उपाध्यक्ष २ (एक महिला अनिवार्य)
ग) सचिव १
घ) सहसचिव १
ङ) कोषाध्यक्ष १
च) सदस्य (आवश्कतानुसार थपघट गर्न सकिनेछ)
छ) सम्बन्धित वडामा बसोबास गर्ने जिल्ला र पालिका समितिका पदाधिकारी र सदस्यहरू पदेन
ज) विषयगत समितिका सम्बन्धित वडा स्तरीय समितिको अध्यक्ष पदेन सदस्य
(४) कार्य समितिको कार्यकाल ३ बर्ष हुनेछ । तर यिनिहरू समितिमा पुनः निर्वाचित हुन सक्नेछन।
(५) कुनै कारणबस वडा कार्यसमितिको कुनै सदस्यको पद रिक्त भएमा साधारण सदस्यहरू मध्येबाट बाँकी अवधिको लागी मनोनयन गरी पदपूर्ति गर्ने
(६) अध्यक्षको निर्देशन अनुसार सचिवले कार्य समितिको बैठक साधारणतया प्रत्येक महिना बोलाउने छ ।
(७) कार्य समितिले आवश्यक ठानेमा सल्लाहकार नियुतm गर्न सक्नेछ ।
८) आफूभन्दा माथिल्लो समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा आमन्त्रीत गर्नुपर्नेछ।

४१ वडा कार्य समितिको काम, कर्तव्य र अधिकार
वडा अधिवेशनको निर्देशनको अधिनमा रही वडा कार्य समितिको काम कर्तव्य देहायबमोजिम हुनेछ
(क) वडा अधिवेशनमा बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन र अनुमानित आयव्यय (बजेट) निर्णयार्थ पेश गर्ने, पारित प्रतिवेदन माथिल्लो समितिमा पेश गर्ने
(ख) माथिल्लो समितिबाट जारी परिपत्र, निर्देशनहरू निःशर्त कार्यान्वयन गर्ने, गराउने
ग) संस्थाको उद्धेश्य प्राप्तिको लागि निरन्तर कार्य गर्ने ।
ङ) सम्बन्धित वडामा क्रियाशिल रहेका विभिन्न खलःपुच सङ्घसंस्थासँग सहकार्य गर्ने, समन्वय् गर्ने
च) नेपाल आदिवासी जनजाति महासङ्घ वडा स्तरी समिति लगायत वडा स्तरीय सङ्घसंस्थाहरूको कार्यक्रममा सहभागी र प्रतिनिधित्व गर्ने ।
छ) संस्थाको साधारण सदस्यता वितरण गर्न माथिल्लो समितिमा सफिारिस गर्ने
ज) आवश्यकता अनुसार वडामा टोल÷प्रारम्भिक समिति समेत गठन गर्ने सकिनेछ
झ) वडा अधिवेशनबाट निर्वाचित जिल्ला अधिवेशन प्रतिनिधिहरूको नामावली तत्काल पालिका समितिमा पठाउने ।

४२ पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार ः
१) अध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) वडा कार्य समितिले आयोजना गरेका बैठक तथा कार्यक्रमहरूको अध्यक्षता गर्ने ।
ख) बैठकमा बराबर मत भएमा निर्णायक मत दिने ।
ग) वडा स्तरीय बैठक, अधिवेशनमा पेश गरिने प्रस्तावहरू तयार गर्ने तथा पारित निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।

२) उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण काम गर्ने ।
ख) वडा अधिवेशनबाट तोकिएको जिम्मेवारी पूरा गर्ने, गराउने ।
ग) अध्यक्षलाई सहयोग पु¥याउने ।
घ) वडा अधिवेशनलाई क्रियाशील बनाई अगाडि बढाउने ।
ङ) अन्य तोकिएको कार्यहरू गर्ने ।

३) सचिवको काम, कर्तव्य र अधिकार ः
क) वडा कार्यसमितिको प्रशासनिक तथा दैनिक कार्य संचालन गर्ने
ख) वडा कार्यसमितिको सम्पूर्ण कागजातहरूको जिम्मा लिने, प्रगति प्रतिवेदन पेश गर्ने, गाउँ÷नगर आबद्ध संस्थाहरूसँग परामर्श गरी अधिवेशनमा प्रस्ताव पेश गर्ने ।
ग) वडा कार्यसमितिले तोकेको समयावधिमा बैठक बोलाउने, अध्यक्षको सल्लाहबमोजिम अन्य समय परिस्थिति अनुसार बैठक बोलाउने ।
घ) बैठकमा पेश हुने प्रस्तावहरूको मस्यौदा तथा बैठकको मिति तोकी अधिवेशनका प्रतिनिधिहरूलाई पत्राचार गर्ने।
ङ) अधिवेशन र वडा कार्य समितिबाट भएका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने ।
च) अन्य तोकिएको कार्यहरू गर्ने ।

४) सह सचिवको काम, कर्तव्य र अधिकार ः
क) सचिवको अनुपस्थितिमा सचिवले गर्ने सम्पूर्ण काम गर्ने ।
ख) अधिवेशन र वडा कार्य समितिको बैठकले दिएको जिम्मेवारी बहन गर्ने ।
ग) अन्य तोकिएको कार्यहरू गर्ने ।

५) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः
क) कोषाध्यक्षले वडा कार्य समितिको आर्थिक कोषको कार्यहरू सम्पादन गर्ने ।
ख) वडा कार्य समितिको आयव्ययको विवरण पारदर्शि रुपमा राख्ने ।
ग) वडा कार्य समितिले गरेको आर्थिक कारोवारहरूको प्रत्येक आर्थिक बर्षमा आन्तरिक लेखा परीक्षण गराई र आगामी आर्थिक वर्षको लागी प्रस्तावित बजेट अधिवेशनमा पेश गर्ने ।
घ) कोषाध्यक्षले प्रत्येक आर्थिक बर्षको आर्थिक प्रतिवेदन कार्य समिति समक्ष अनुमोदन गराई अधिवेशनमा पेश गर्ने ।
ङ) वडा कार्य समितिको चलअचल सम्पत्तिको विवरण राख्ने तथा तिनीहरूको संरक्षण सम्बद्र्धन गर्ने ।
च) अन्य तोकिएको कार्यहरू गर्ने ।

६) सदस्यहरूको काम, कर्तव्य र अधिकार ः
क) वडा समितिको बैठकमा उपस्थित हुने, छलफल र निर्णयमा भाग लिने ।
ख) वडा कार्य समितिको बैठकले दिएको जिम्मेवारी पुरा गर्ने ।
ग) वडा कार्य समितिलाई क्रियाशील रुपमा संचालन गर्न सक्रिय भुमिका निर्वाह गर्ने ।
घ) अन्य तोकिएको कार्यहरू गर्ने ।

४३ आर्थिक श्रोतहरू ः
(१) यस संस्थाका आर्थिक श्रोतहरू देहायबमोजिम हुनेछन्
क) सदस्यता तथा बार्षिक शुल्क
ख) चलअचल सम्पत्तिबाट हुने आम्दानी
ग) राष्ट्रिय तथा अन्तरराष्ट्रिय, व्यक्तिगत श्रोतबाट प्राप्त वस्तुगत वा नगद आर्थिक सहयोग, दान, उपहार
घ) नेपाल सरकार÷स्थानीय निकाय, अन्य श्रोतबाट प्राप्त अनुदान
ङ) निश्चित उद्देश्य र कार्यको लागी अक्षयकोषको रुपमा प्राप्त रकमहरू
च) परियोजना तथा विशेष कार्यक्रमका लागी प्राप्त रकमहरू
छ) सेवा शुल्क वा संचालन शुल्कबाट प्राप्त आम्दानी
ज) संस्थाको प्रकाशन, अनुसन्धानबाट संकलन हुने आय
(२) संस्थाले बिदेशी सरकार तथा अन्तरराष्ट्रिय गैर सरकारी सङ्घसंस्थाबाट अनुदान रकम प्राप्त गर्नु अघि नेपाल सरकार समाज कल्याण परिषदको पूर्व स्वीकृति लिनु पर्नेछ ।

४४ कोषको संचालन ः
(१) दफा ३३ को उपदफा (१)बमोजिम स्रोतहरू प्राप्त रकम संस्थाको नाममा कोष खडा गरी नेपालको कुनै बैक वा वित्तिय संस्थामा जम्मा गरिने छ ।
(२) उपदफा (१)बमोजिम खडा भएको कोष सामन्यतया कोषाध्यक्षको अनिवार्य अध्यक्ष वा महासचिव मध्ये कुनै एक गरी दुई जनाको संयुक्त हस्ताक्षरबाट संचालित हुनेछ
(३) अक्षयकोषको रुपामा प्राप्त रकम बैक वा वित्तीय संस्थाको मुद्दति खातामा राखी त्यसको व्याजको प्रतिफलबाट मात्र तोकिएको उद्देश्यको लागी खर्च गर्न सकिने छ ।
क) भाषा तथा सँस्कृति संरक्षण कोष
ख) विपद् व्यवस्थापन कोष
ग) भवन निर्माण कोष
घ) आवश्यक अनुसार अन्य कोष खडा गर्ने
उल्लेखीत कोषहरूको सञ्चालन विधि केन्द्रीय समितिले बनाई सञ्चालन गर्न गराउन सक्नेछ ।
(४) प्रदेश, जिल्ला, पालिका, वडा कार्य समितिको असोज मसान्तभित्र गत आ.व.को आन्तरिक लेखा परिक्षण माथिल्लो समितिबाट हुनेछ
(५) प्रदेश, जिल्ला, पालिका, वडा कार्य समितिको आफ्नो आर्थिक प्रतिवेदन सम्बन्धित अधिवेशनमा पारित भएपछि माथिल्लो समितिमा पठाउनु पर्नेछ ।
(६) केन्द्रीय समितिले राष्ट्रिय परिषद÷महाधिवेशनबाट पारित गराई लेखापरीक्षण प्रतिवेदन तथा बार्षिक प्रगति विवरण एक÷एक प्रति प्रत्येक वर्ष सम्वन्धित निकायमा समेत पेश गरिनेछ ।

४५ आर्थिक विवरण÷ लेखा परिक्षण ः
(१) प्रदेश, जिल्ला, पालिका, वडा कार्य समितिले आफ्नो आर्थिक प्रतिवेदन सम्बन्धित अधिवेशनमा पारित भएपछि माथिल्लो समितिमा पठाउनु पर्नेछ
(२) केन्द्रीय समितिले राष्ट्रिय परिषद÷महाधिवेशनबाट पारित गराई लेखापरीक्षण प्रतिवेदन तथा बार्षिक प्रगति विवरण एक÷एक प्रति प्रत्येक वर्ष सम्वन्धित निकायमा समेत पेश गरिनेछ ।

४६ बुझ बुझारथ
जुनसुकै स्तरको पदाधिकारी वा सदस्यको जिम्मा रहेको, नगदी, जिन्सी र कागजात आफ्नो कार्यवधि समाप्त भएको १५ दिन भित्र सम्बन्धित पदाधिकारीलाई अनिवार्य रुपमा बुझाउन पर्नेछ । तोकिएको समयावधि भित्र पनि बुझ बुझारथ नगरेमा त्यस्ता पदाधिकारी वा सदस्यलाइ ७ दिनको म्याद दिइ बुझ बुझारथ गर्ने निर्देशन दिइने छ । दिएको म्याद भित्र पनि बुझ बुझारथ नगरेमा प्रचलित कानूनबमोजिम असुल उपर गर्न गराउन सकिनेछ । त्यस्ता पदाधिकारी तथा सदस्यहरू जुन सुकै स्तरको निर्वाचनमा उम्मेद्वार वा मनोनित हुन अयोग्य हुनेछन् ।

निर्वाचन
४७ निर्वाचन प्रकृया
(१) सबै स्तरका निर्वाचन लोकतान्त्रिक पद्धतिद्वारा हुनेछ ।
(२) सबै तहको निर्वाचन विधानमा तोकेबमोजिम हुनेछ । कुनै विशेष परिस्थितिमा निर्वाचनलाई पछि सार्न परेमा केन्द्रिय समितिको निर्णयबाट बढीमा ३ महिनासम्म म्याद थप गर्न सकिनेछ।
(३) कार्य समितिले महाधिवेशनको तिथि घोषणासंगै निर्वाचनको लागी मुख्य निर्वाचन आयुक्त सहित बढीमा ३ जना निर्वाचन समिति सदस्य नियुक्ति गर्नेछ ।
(४) निर्वाचन अधिकृतहरूले कार्य समितिको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन । तर प्रतिनिधि भएमा मत खसाल्ने अधिकारबाट वञ्चित रहने छैन ।
(५) निर्वाचनको मिति सम्बन्धित तहका समितिले तोकेबमोजिम हुनेछ र निर्वाचन सम्बन्धी अन्य प्रकृयाहरू कार्य समितिको परामर्श लिई निर्वाचन समितिले तर्जुमा गर्नेछ ।
(६) नेवाः देय् दबू केन्द्रीय समितिले छुट्टै निर्वाचन नियमावली बनाउन सक्नेछ । सो नियमावली सम्बन्धित सदस्य संस्था, समितिहरूमा २ महिना भित्र पठाइनेछ ।

विविध
४८ कार्यविधि थपको व्यवस्था
क) संस्थाको विधानअनुसार कुनैपनि संस्थागत समितिको अधिवेशन भेला बोलाउन नसकिएमा केन्द्रीय समितिले सचेत गराउने छ । सोबाट पनि समाधान नभएमा केन्द्रीय समिति स्वयंले वा अधिकार प्रत्यायोजित समिति मार्फत तयारी समिति गठन गरी अधिवेशन बोलाई समिति गठन गरिनेछ ।
क) संस्थाको कुनै तहको चालु अधिवेशनमा उम्मेदवार भई पराजित भएका व्यक्ति चालु अधिवेशनभरी अन्य अधिवेशन प्रतिनिधिमा मनोनित हुन योग्य हुनेछैन ।
ख) संगठन निर्माणको क्रममा आयोजक समिति÷तदर्थ समिति गठन गर्न सकिने । सो समितिले ६ महिनाभित्र अधिवेशन गरी सक्नुपर्नेछ ।
ग) संस्थाको संचरनाअन्तर्गत एक व्यक्ति एक पदमा रही कार्यरत हुन सक्नेछ ।
घ) संस्थाको कुनै एक समितिमा रहेका सदस्य वा पदाधिकारीहरूले अर्को कुनै समितिमा चयन हुन उम्मेदवारी दिएमा संलग्न समितिबाट पद मुक्त हुनेछ ।
ङ) संस्थाको कुनैपनि विषयगत समितिको नेतृत्व गरिरहनुभएका पदाधिकारीहरूले संस्थाको कुनैपनि संगठनात्मक संचरनाअन्तर्गतको समितिमा उम्मेदवार हुनुहुने छैन ।
च) विशेष परिस्थितिमा संस्थाको सबैतहको समितिको बैठक कुनैपनि सुचना प्रविधिको माध्यमबाट समेत बस्न सकिनेछ । यस सम्बन्धि कार्यविविध केन्द्रीय समितिले बनाई लागु गरिनेछ ।

४९ अविश्वासको प्रस्ताव ः
(१) सबै तहको कार्य समितिको कुनै पदाधिकारी वा सदस्य माथि सम्बन्धित सभा÷विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश गर्न सकिनेछ ।
क) बैठक हुनुभन्दा कम्तिमा १५ दिन अगावै सो प्रस्ताव सम्बन्धित तहको कार्यालयमा दर्ता गरिएको हुनु पर्दछ।
ख) सम्बन्धित सभाको सम्पूर्ण सङ्ख्याको एक तिहाई सदस्यहरूको हस्ताक्षरबाट अविश्वासको प्रस्ताव दर्ता गरिने छ ।
ग) अविश्वासको आरोप लागेको सदस्यलाई सो आरोपको सम्बन्धमा कम्तिमा एक हप्ताको अग्रिम सूचना दिई निजलाई आफ्नो सफाई पेश गर्ने मौका दिइने छ । तर मतदान गर्ने अधिकार हुने छैन
घ) उपस्थित सदस्य सङ्ख्याको दुई तिहाई (२÷३) मतले अविश्वासको प्रस्ताव पारित भएमा सम्बन्धित कार्यसमिति सदस्यको आफ्नो पदबाट स्वतः हटने छ ।
ङ) सम्बन्धित समितिको अध्यक्ष उपर अविश्वासको प्रस्तावको हकमा सम्बन्धित समितिको बरिष्ठ उपाध्यक्ष÷उपाध्यक्षले गर्नेछ।

५० विधान संशोधन
(१) महाधिवेशन, राष्ट्रिय परिषद र विधान अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट विधान संशोधनको प्रस्ताव प्रस्तुत गरिनेछ
(२) विधान संशोधन सम्बन्धि प्रस्ताव प्रदेश समिति÷जिल्ला समितिले प्रदेश समिति मार्फत वा राष्ट्रिय परिषद सदस्यले महाधिवेशन वा विधान अधिबेशनको बैठक बस्नुभन्दा दुई महिना अगावै नेवाः देय् दबूको केन्द्रीय कार्यालयमा पु¥याइ सक्नु पर्नेछ ।
(३) उपदफा (१)बमोजिम आएका संशोधन सम्बन्धी प्रस्तावहरू महाधिवेशन, विधान अधिवेशन वा राष्ट्रिय परिषदमा उपस्थित मतदान गर्ने सदस्यहरूको दुई तिहाई (२÷३) मतबाट अनुमोदन भएमा विधान संशोधन प्रस्ताव पारित हुनेछ ।
(४) संशोधित विधान स्थानीय अधिकारीको स्वीकृति प्राप्त भएपछि लागु हुनेछ ।
(५) संशोधित विधानको प्रतिलिपि सम्बन्धित निकाय र मातहतका सबै समितिमा पठाइनेछ ।

५१ विशेष अधिवेशन आह्वान तथा संचालन प्रकृया
१ सम्बन्धित समितिद्वारा कुनै विषय तोकी विशेष अधिवेशन गर्न आवश्यक ठानेमा विशेष अधिवेशन आह्वान गर्न सकिने छ
२) सम्बन्धित महाधिवेशन÷अधिवेशन प्रतिनिधिहरूको एक तिहाइ सदस्यहरूले विषय तोकी अनुरोध गरेमा सम्बन्धित कार्य समितिले ३० दिनभित्र विशेष अधिवेशन आह्वान गर्नुपर्नेछ । उक्त अधिवेशनमा तोकिएको विषयमात्र छलफल हुनेछ ।

५२ विधानको व्याख्या गर्ने अधिकार
यस विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई हुनेछ ।

५३ नियमावली, निर्देशिकाहरू बनाउने
विधानको परिधिभित्र रही केन्द्रीय समितिले आवश्यकतानुसार नियमावली, नीति, नियम, कार्यविधि निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्न गराउन सक्नेछ ।
५४ खारेजी, बचाउ र बाधा अडकाउ फुकाउने
(१) यस विधानमा नपरेका यस अघिका संशोधनहरू खारेज गरिएका छन् ।
(२) विधान लागू हुन अघि निर्वाचित निकायहरू आफ्नो पदावधि रहेसम्म कायम रहनेछन् र यसभन्दा अघि भए गरेका काम कारवाहीहरू यसै विधान अनुसार भए गरेको मानिने छ ।
(३) यस विधानमा व्यवस्था भए बाहेक संस्थामा कुनै अनपेक्षित बाधा अडकाउ आइपरेमा सो फुकाउने अधिकार केन्द्रीय समितिमा निहित रहने छ ।

५५ संस्था विघटन
महाधिवेशनका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई सदस्य उपस्थित भएको सभामा तीन चौथाइ (३÷४) सदस्यहरूको मतले संस्था बिघटन हुनेछ । संस्थाको चल अचल सम्पत्ति प्रचलित नियम कानून अनुसार हुनेछ।

अनुसूची १
संस्थापक सदस्यहरूको नामावली

अनुसूची २
छाप, लोगो र झण्डा

अनुसूची ३

सपथ ग्रहण
जि ………………………………………… थः पुर्खापिन्त साक्षी तयाः शपथ कयाच्वना कि, नेवाः देय् दबूया …………………………………………….. समितिया ……………………………… पदय् निर्वाचित जूगुलिं नेवाः देय् दबूया विधान–१११५(संशोधन सहित) पाखें ब्यूगु जिम्मेवारी व कर्तव्य थःगु तन, मन व विवेक छ्यलाः सगठन व सकल नेवाःत प्रति वफादार जुयाः पालना यायेगु जुइ ।

सपथ ग्रहण याःम्ह
                                                                                                                                        ल्हाचिं
नां :-                                                                                                                                  तिथि :-

अनुसूची ४
  • नेवाः देय् दबूको साझा गान

हिचःति हाय्काः देय् नीस्वंपिं नेपाःया नेवाः झी
युगलिसे थःनं हिलाः न्ह्यज्याः वने नेपाः देस–थुवाः झी

भाषा, लिपि, तजिलजि–स्वां ह्वय्काः राष्ट्र म्हसीकाः च्वंपिं
नेवाः–लहना तिसां तियाः देय् मुसुहुं न्ह्यीकाः च्वंपिं

झःझः धाय्क लुयाच्वने हलिमय् राष्ट्रिय ध्वाँय् ब्वय्काः झी
नेपाःया नेवाः झी नेपाः देस–थुवाः झी ।

Share