नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय पदाधिकारी सम्मान

नेवारहरूकाे राष्ट्रिय संगठन नेवाः देय् दबू काठमाडाैं जिल्ला समितिले हालैमात्र निर्विराेध निर्वाचित भएका नेवाः राष्ट्रिय पत्रकार दबूका केन्द्रीय पदाधिकारीहरूलाइ आज काठमाडाैंकाे मासंगल्लीमा स्थित प्रदिप्त पुस्तकालयकाे सभाकक्षमा सम्मानका साथ शुभकामना र बधाइ व्यक्त गरिएकाे छ ।

प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यकाे उपस्थितिमा भएकाे साे अवसरमा कार्यक्रमकाे सभापतित्व नेवाः देय् दबूकै जिल्ला समतिका अध्यक्ष धन बहादुर तिमिलाले गर्नु भएकाे थियाे । साे कार्यक्रममा विशेष अतिथिकाे रूपमा वरिष्ठ नेवाः पत्रकार सुरेश किरण मानन्धर रहनु भएकाे थियाे भने विशेष अतिथिकाे रूपमा काठमाडाैं महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष राजेश महर्जन, नेवाः देय् दबू स्वनिग प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, मछिन्द्र क्लवका अध्यक्ष सुनिल कपाली रहनुभएकाे थियाे ।

आजकाे सम्मान तथा शुभकामना कार्यक्रममा आतिथ्य ग्रहण गर्नका लागि नेवाः पत्रकार राष्ट्रिय दबूका नव निर्वाचित अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठकाे साथमा सबै पदाधिकारिकाे उपस्थिति रहेकाे थियाे । नेवाः देय् दबू काठमाडाैं जिल्ला समितिकाे तर्फबाट प्रमुख अतिथि लागायत सम्पूर्ण अतिथिगण र आमन्त्रित नव निर्वाचित नेवाः पत्रकार समूहलाइ टिका लगाइ सगुनले सम्मान गरिएकाे थियाे । साे कार्यक्रममा नव निर्वाचित नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी वर्गलाइ वरिष्ठ पत्रकार सुरेश किरणा मानन्धर, वडा नं. २५का वडाध्यक्ष राजेश महर्जन, नेवा देय् दबू स्वनिग प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन तथा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले शुभकामना दिनुहुँदै नेवारहरूकाे समूह र समिति अलग अलग भएपनि पत्रकार जगत र नेवारहरूकाे राष्ट्रिय संगठन नेवाः देय् दबूकाे नेवारहरूमा एेक्यवद्धता जनाउन समान लगाव भएकाे छ र सदासर्वदा रहिरहाेस् भन्ने कामना गरेका छन् । 

त्यसैगरि नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः देय् दबू काठमाडाैं जिल्ला समितिले गरेकाे याे सम्मानलाइ आशिर्वादकाे रूपमा ग्रहण गरेर नेवारहरूकाे हकहित र सुसंगठनकाे लागि आफूहरू निरन्तर लागिपर्ने वचन राख्दै कार्यक्रम आयाेजकप्रति आभार व्यक्त गर्नु भएकाे थियाे । आजकाे कार्यक्रममा नेवाः देय् दबू काठमाडाैं जिल्लाका वरिष्ठ उपाध्यक्ष श्रृजनमान श्रेष्ठले स्वागत भाषण गर्नुभएकाे थियाे भने कायर्क्रम सञ्चालन सचिव धनवीर महर्जनले गर्नुभएकाे थियाे ।

अन्तमा साे सभाका सभापति धनबहादुर तिमलाबाट नव निर्वाचित पत्रकार पदाधिकारीलाइ वधाइ तथा कार्यकालकाे शुभकामना व्यक्त गर्नुहुँदै उपस्थित सबैमा धन्यवाद दिएर कार्यक्रम बिसर्जन गरिएकाे थियाे ।

-बालकृष्ण श्रेष्ठ

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *