नेवाः पुरोहित तालिम सम्पन्न

jotish

नेवाः पुरोहित तालिम सम्पन्न

पौवादुङमा गाँउपालिका ३ च्याङ्ग्रे पोखरी भोजपुरमा स्थानिय पालिकाद्वारा प्रायोजन र नेवाः देय् दबू स्थानिय पालिका वडा नं ३ समितिद्वारा आयोजित दश दिवशिय नेवाः पुरोहित प्रशिक्षण कार्यक्रम मिति २०७९ चैत्र १२ गते सम्पन्न भयो । उक्त समापन कार्यक्रम स्थनीय नेवाः देय दबू ३ नं वडा समितिका नायःभाजु प्रकाश श्रेष्ठज्यूको सभापतित्व रहेको थियो भने स्थानीय गाउँपालिका अध्यक्ष श्री किरण राईज्यूको प्रमुख आतिथ्यता र प्रशासकीय प्रमुख श्री नविन भट्टराईज्यूको बिषेश आतिथ्यता रहेको थियो । सोहि कार्यक्रममा एक जना महिला प्रशिक्षार्थी सहित अन्य प्रशिक्षार्थीहरुलाई नेवाः पुरोहित प्रशिक्षण प्राप्त प्रमाणपत्र प्रदान र प्रशिक्षकद्वय नेवाः पुरोहित भाजु रामकुमार प्रधान कोजु तथा भाजु रमेश प्रधान तुसुजू ई प्रमुख अतिथि किरण कुमार राईज्यू तथा बिशेष अतिथि नविन भट्टराईज्यूबाट सम्मानपत्रद्वारा सम्मानीत गरिएको थियो । समुदायगत उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रमको उदघोषण तथा संचालन भाजु मुकुन्द श्रेष्ठज्य ले गर्नु भएको थियो ।

Share